अमेजन डढेलो: विशाल जङ्गलमा भयानक आगलागी, सयौँ किलोमिटर पर पनि अँध्यारो

विश्वको सबैभन्दा विशालमध्येको जङ्गल ब्रजिलको अमेजन रेनफरेस्टमा यो वर्ष अत्यन्त धेरै सङ्ख्यामा डढेलो लागेको छ।

सन् २०१८ को यही अवधिको तुलनामा यो वर्ष ८४ प्रतिशत धेरै डढेलो लागेको सो देशको अन्तरिक्ष निकायले जनाएको छ।

डढेलोबाट उत्पन्न धुँवा उड्दै गएर सयौँ किलोमिटर पर रहेको सहरमा दिउँसै अन्धकार भएको थियो।

डढेलोका कारण हरितगृह ग्यास उत्सर्जन झनै बढ्ने र त्यसले जलवायु परिवर्तनका चिन्ता झन् बढाइदिने ठानिएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि