शाहरुख खान: बलिउड अभिनेताको ट्वीटप्रति पाकिस्तानी सेनाका प्रवक्ताको तीखो टिप्पणी

शाहरुख खान

तस्बिर स्रोत, Facebook/Zero The Film

भारतीय अभिनेता शाहरुख खानको कम्पनीले नेटफ्लिक्सका लागि उत्पादन गरेको एउटा टेलिभिजन शृङ्खलाबारे पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूर र शाहरुखका प्रशंसकमाझ ट्विटरमा चर्काचर्की परेको छ।

पाकिस्तानका ट्विटर प्रयोगकर्ताहरूले पनि यसमा टिप्पणी गरेका छन्।

शाहरुख खानको कम्पनीले नेटफ्लिक्सका लागि 'बार्ड अफ ब्लड' नामक शृङ्खला तयार पारेको छ।

यो शृङ्खला सेप्टेम्बर २७ मा प्रसारित हुनेछ।

बिहीवार शाहरुख खानले आफ्नो ट्विटर अकाउन्टमार्फत् यसको ट्रेलर सार्वजनिक गरेका थिए।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

ट्रेलर सार्वजनिक गर्दै शाहरुख खानले नयाँ शृङ्खला प्रस्तुत गरिएको भन्दै यसमा जासुसी, प्रतिशोध, प्रेम र कर्तव्यको रोमाञ्चक कथा रहेको उल्लेख गरे।

यसबाट दर्शकहरू रमाउने आशा पनि उनले व्यक्त गरे।

गफूरको प्रतिक्रिया

शाहरुखले उक्त ट्वीट गरेको भोलिपल्ट पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले उक्त शृङ्खलाबारे प्रतिक्रिया दिए।

आसिफ गफूर

तस्बिर स्रोत, AFP

सो ट्रेलरमा आधारित उनको प्रतिक्रिया थियो - शाहरुख खान 'बलिवुड रोग' ले ग्रसित छन्।

'बार्ड अफ ब्लड' को ट्रेलरमा तीन भारतीय जासुसको कथा चित्रण गरिएको छ।

उनीहरूले एउटा उद्धार अभियानका निम्ति पाकिस्तानको बलोचिस्तान प्रान्त पुग्छन्।

ट्रेलरमा यसलाई 'आत्मघाती अभियान'को रूपमा पनि चित्रित गरिएको छ।

आसिफ गफूरले ट्वीटमा शाहरुखलाई 'सत्य हेर्न' सल्लाह दिएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

आफ्नो व्यक्तिगत ट्विटर ह्यान्डलमार्फत् ट्वीट गर्दै उनले लेखेका छन्, "शाहरुख खान बलिवुड रोगमै रहिरहून्। सत्यका लागि र (भारतीय जासुस निकाय) का जासुस कुलभूषण जाधव, विङ कमान्डर अभिनन्दन र २७ फेब्रुअरी २०१९ को स्थिति हेर्नुहोस्।"

"यसो गर्नुको साटो तपाईँ जम्मू-कश्मीरमा भइरहेको अत्याचार र नाजीवादप्रति आसक्त आरएसएसको विरोधमा आवाज उठाएर शान्ति तथा मानवतालाई प्रोत्साहित गर्न सक्नुहुन्थ्यो।"

गफूरको उक्त ट्वीटबारे कैयौँ ट्विटर प्रयोगकर्ताले उनीसँग प्रश्न पनि गरेका छन्।

पाकिस्तानका ट्विटर प्रयोगकर्ताले भनेको उनको समर्थन गरिरहेका छन्।

शाहरुख खानले चाहिँ आसिफ गफूरको ट्वीटको कुनै जबाफ दिएका छैनन्।

भारतले भारत‍-प्रशासित जम्मू कश्मीर राज्यको विशेष संवैधानिक मान्यता अन्त्य गरिदिएपछि भारत र पाकिस्तानबीच तनाव चुलिएको छ।

भारत-पाकिस्तान

तस्बिर स्रोत, Getty Images

केही हप्ताअघि भारतको हस्तक्षेप विरुद्ध पाकिस्तानले भारतसँग व्यापारिक तथा यातायात सम्बन्ध भङ्ग गर्दै भारतीय दूतलाई फिर्ता पठाइदिइएको थियो।

पाकिस्तानले कश्मीर विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने आफ्नो योजना भएको बताएको छ।

सन् १९४७ मा भारत र पाकिस्तान विभाजित भएपछि कश्मीरको स्वामित्वको विषयमा ती दुई देशबीच तनाव रहँदै आएको छ।