तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गाईजात्रा: भक्तपुरमा घिन्ताङ्घिसीको छुट्टै रौनक
हरेक वर्ष जनै पूर्णिमाका भोलिपल्ट गाईजात्रा पर्व मनाइन्छ।
नेवार समुदायले मनाउने भएकाले गाईजात्रा मुख्यत: काठमाण्डू उपत्यकाका तीन शहरमा केन्द्रित पाइन्छ।
तर नेवार बस्ती फैलिएका पोखरा लगायतका शहरमा पनि गाईजात्राको रौनक उत्तिकै देख्न पाइन्छ।
तर भक्तपुरमा मनाइने गाईजात्राको भने विशेषता छुट्टै छ।
घिन्ताङ्घिसी अर्थात् बाजाको तालमा लट्ठी ठोक्काउने नाच गाईजात्राको मुख्य आकर्षण मानिन्छ।
भक्तपुरका विभिन्न टोलमा खासगरी युवा समूहले यस्तो नाचमा सहभागिता जनाउँदै नगर परिक्रमा गर्छन्।
साथै गाई वा गाईको प्रतीकलाई पनि नगरपरिक्रमा गराएर मृतक आफन्तको आत्माले स्वर्गको बाटो तय गर्ने विश्वासमा यो पर्व मनाइँदै आइएको हो।
भक्तपुरमा एक हप्तासम्म विभिन्न नाच, व्यङ्ग्यात्मक नाटक तथा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरिन्छ।
हेर्नुहोस् कमल परियारले बनाएको एउटा भिडिओ।