म्यान भर्सस वाइल्ड: बियर ग्रिल्ससँग नरेन्द्र मोदी जोडिएपछि भारतमा मिश्रित प्रतिक्रिया

तस्बिर स्रोत, DISCOVERY
तपाईँ 'म्यान भर्सस वाइल्ड' कार्यक्रमका बियर ग्रिल्सलाई चिन्नुहुन्छ?
तिनै बियर ग्रिल्स जो सुनसान जङ्गलमा खतरनाक जनावर र नदीको बीचमा खतरा मोलिरहेको देखिन्छन्।
अब बियर ग्रिल्सका साथमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिन्छन्।
'म्यान भर्सस वाइल्ड' कार्यक्रमको यो एपिसोड १२ अगस्ट राति ९ बजे डिस्कभरी च्यानलमा आउँछ।
बियर ग्रिल्सले ट्वीटरमा यो कार्यक्रमबारे एउटा सानो भिडिओसहित जानकारी दिएका छन्। उक्त भिडिओसहितको ट्वीटर पोष्ट भए लगत्तै #PMModionDiscovery ट्वीटरको टप ट्रेन्डस्मा आएको छ।
उक्त सानो भिडिओमा प्रधानमन्त्री मोदी बियर ग्रिल्ससँग साथीजस्तो गरी कुरा गरिरहेको देखिन्छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
भिडिओमा मोदी बियर ग्रिल्सलाई भारतमा आउन स्वागत गर्छन् र बियर ग्रिल्स मोदीलाई भन्छन्: "तपाईँ भारतको सबैभन्दा खास मानिस हो। मेरो जिम्मेवारी तपाईँलाई सुरक्षित राख्नु हो।"
भारतीय प्रधानमन्त्री मोदीले पनि ट्वीटरमा ग्रिल्सको उक्त ट्वीटर पोष्ट शेअर गर्दै लेखेका छन्: भारत जहाँ तपाईँले हराभरा जङ्गल, सुन्दर पहाड, नदी र वन्यजन्तु देख्न सक्नुहुन्छ। यो कार्यक्रम हेरेपछि तपाईँलाई भारत आउन मनलाग्छ। भारत आउनुभएकोमा धन्यवाद बियर ग्रिल्स।
उक्त सानो भिडिओको चर्चा सामाजिक सञ्जालमा भइरहेको छ। प्रतिक्रिया कङ्ग्रेसको तर्फबाट पनि आइरहेको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
'दलित कङ्ग्रेस' को आधिकारिक ट्वीटर ह्याण्डलबाट पनि ट्वीट गरिएको छ। जसमा लेखिएको छ, "अब दुनियाँले सही थाहा पाउन सक्छ। जब पुलवामा हमला भएको थियो र हाम्रा युवाहरूले देशका लागि ज्यान दिइरहेका थिए त्यतिबेला प्रधानमन्त्री नरेन्द्र मोदी बियर ग्रिल्ससँग डिस्कभरी कार्यक्रमका लागि सुटिङ्ग गर्दै थिए। प्रधानमन्त्री मोदी यो लाजमर्दो कुरा हो।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3
दलित कङ्ग्रेस विपक्षी पार्टी कङ्ग्रेसकै ट्वीटर अकाउण्ट हो। जब पुलवामा हमला भएको थियो तब प्रधानमन्त्री मोदीको जिम कार्बेटबाट केही तस्बिरहरू आएका थिए। सन् २०१९ को फेब्रुअरीमा कङ्ग्रेसले भनेको थियो, "सीआरपीएफ जवानहरूमाथि हमला भएपछि प्रधानमन्त्री जिम कार्बेट गए र त्यहाँ उनी एउटा विज्ञापनको सुटिङ्गका लागि व्यस्त थिए।"
त्यतिबेला कङ्ग्रेस प्रवक्ता रणदीप सुरजेवालाले भनेका थिए, "मोदीले त्यतिबेला केही बयान पनि दिएनन्। दिनभरी कार्बेट पार्कको भ्रमणमा व्यस्त थिए र विज्ञापनको सुटिङ्ग गरिरहेका थिए। हाम्रो शहीदहरूको शव पहिचान गर्दै थियो र प्रधानमन्त्री मोदी आफ्नो नारा लगाइरहेका थिए। यो मैले होइन पत्रकारले तस्विरसहित लेखिरहेका थिए।"

तस्बिर स्रोत, DISCOVERY
त्यसको जवाफमा बिजेपीका अध्यक्ष अमित शाहले जवाफ दिएका थिए: "कङ्ग्रेस त्यो पार्टी हो जसले सेना प्रमुखलाई 'गुण्डा' भन्छन्, सर्जिकल स्ट्राइकको प्रमाण माग्छ, पार्टी अध्यक्ष आतंककारीको मृत्युमा रुन्छन्। यस्तो पार्टीले बीजेपीलाई राष्ट्रभक्ति नसिकाउ।"
सुरजेवालाले यो पनि भनेका छन्, "यो देशका प्रधानमन्त्री हमलापछि चारघण्टासम्म सुटिङ्ग गर्छन् वा चियानास्ता गर्छन्। उनको बारेमा के भन्नुपर्यो र?"
डिसक्भरीका तर्फबाट जुन तस्बिर सार्वजनिक भएको छ त्यसमा प्रधानमन्त्री मोदी बियर ग्रिल्ससँग चिया पिइरहेका देखिन्छन्।

तस्बिर स्रोत, DISCOVERY
म्यान भर्सेस वाइल्डमा मोदी: मानिसहरूको प्रतिक्रिया
निहाल लेख्छन्, "यदि म गलत होइन भने यो सुटिङ्ग पुलवामा हमलाको बेला भएको थियो। यो एकदमै लज्जास्पद विषय हो।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 4
बाबा हिन्दुस्तानीले ट्वीटरमा प्रश्न गरेका छन्, "पुलवामाको बेला यही सुटिङ्ग भइरहेको थियो हो?"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 5
विनायक लेख्छन्, "बियर ग्रिल्स लभ यु। नरेन्द्र मोदीको जय।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 6
देवेशले लेखेका छन्, "वाह। यो कार्यक्रम हेर्न निकै व्यग्र भएर कुरिरहेको छु।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 7
@D_hullabaloo ले लेखेका छन्, "हाम्रा प्रधानमन्त्री मोदी रकस्टार हुन्। बियर ग्रिल्स तपाईँ पनि कम होइन। हेर्नुस् तपाईँको यो कार्यक्रम एकदमै चर्चित हुनेछ।"
समीर मिश्राले व्यङ्ग्यात्मक शैलीमा लेखेका छन्: "अब यसपछि मोदी बिगबोस कार्यक्रममा देखिन्छन्।"








