तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अनेकथरी नाच जानेको सुगाबारे वैज्ञानिक अनुसन्धान के भन्छ
यो चराको स्वत:स्फूर्त नाचको अर्थ यो तपाईँले सोचेभन्दा फूर्तिलो छ भन्ने हुनसक्छ।
स्नोबल नाम दिइएको यो सुगा सन् २००९ मा इन्टरनेटमा सबैभन्दा धेरैले भिडिओ हेरेको चरो बनेको थियो।
उसको नाच उसकी मालिक्नीले युट्युबमा राखिदिएकी थिइन्।
टफ्ट्स विश्वविद्यालयका अनिरुध पटेलले स्नोबलको लय पछ्याउने क्षमताको अनुसन्धान गरेका छन्।
उनी र उनको समूहले छापेको नयाँ प्रतिवेदनमा स्नोबलले १४ वटा फरक नाचका चाल स्वत:स्फूर्त गर्नसक्ने उल्लेख गरिएको छ।
उनीहरूले सन् २००९ देखि यो चराको विभिन्न नाचहरू अध्ययन गरेका थिए।
मान्छेले मात्रै नाच्छ्न जस्तो तपाईँलाई लाग्छ भने त्यो गल्ती हुनेछ - यो नाच हेर्नुहोस् त।