तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आकर्षक जागिर छाडेर गहनाको डिजाइन
पढाइ सकेर गैरसरकारी संस्थामा जागिर खाने धेरै युवायुवतीहरू चाहना हुन्छ।
तर ३२ वर्षीया आयुषा श्रेष्ठको कथा भने अलि फरक छ। मध्यम वर्गीय परिवारमा हुर्केकी उनले गैरसरकारी संस्थाको जागिर छोडेर जोखिमयुक्त बाटो रोजिन्।
आमाबुवाले सजिलो जागिरको चाहना राखेपनि उनले नेपाली मौलिकता झल्किने गहना बनाउने आफ्नो सपना साकार पार्न 'आमो' नाममा गहनाको व्यवसाय सुरु गरिन् र डिजाइन गर्न थालिन्।
दुई वर्षयता उनको गहनाहरूले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाएको छ।
'युवा उद्दमी श्रृङ्खला' अन्तर्गत सृजना श्रेष्ठले बनाएको यो भिडिओ -