हातै नभएकी बालिकाले जितिन् हस्तलेखन प्रतियोगिता

भिडिओ क्याप्शन सुरु हुँदैछ, हत्केलाविहीन बालिकाले जितिन् हस्तलेखन प्रतियोगिता

सारा हिनेस्लेका दुवै हत्केला छैनन्, उनी कृत्रिम हत्केला पनि प्रयोग गर्दिनन् तर सुन्दर अक्षर लेख्छिन्।

यी १० वर्षीया बालिकाले अमेरिकाको राष्ट्रिय हस्तलेखन प्रतियोगिता जितिन्।

अनि बेसबल खेलको उद्घाटन गर्ने मौका पाइन्।

उनी चेस खेल्न, साइकल चलाउन, पौडी खेल्न र मूर्ति बनाउन शौखिन छिन्।

चीनमा जन्मेर छ वर्षको उमेरमा अमेरिकी दम्पतीले धर्मपुत्रीको रूपमा अपनाएका थिए।

हेर्नुहोस् यो भिडिओ -

अनि यो पनि -