आवाजविहीनले टिकटकमा पाएको आवाज
इन्टरनेटलाई आवाजविहीनहरूको आवाज भनिन्छ।
सुन्न र बोल्न नसक्ने २६ वर्षीया सुनिता थापाका लागि भने यो भनाइ शाब्दिक अर्थमै लागु हुन्छ।
बार्ह वर्षको उमेरमा रोगका कारण बोल्ने र सुन्ने क्षमता गुमाएकी थापाले टिकटकमा आवाज भेटेकी छन्। त्यहाँ उनले साङ्केतिक भाषा प्रयोग गर्नुपर्दैन।
उनका भिडिओहरूमा उनी बोल्छिन् र नाच्छिन्, र उनका भिडिओ हेर्नेहरूको प्रशंसा बटुल्छिन्।
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ -