तपाईँसँगै तपाईँकै घरमा बास बस्ने गरेका यी २ लाख सूक्ष्म किटाणुलाई भेटौँ न त
वैज्ञानिकहरूले हालै हाम्रा घरमा सयौँ हजार साना जनावरका प्रजाति बस्ने गरेको पत्ता लगाएका छन्।
केही त्यस्ता सूक्ष्म जीवले हामीलाई बिरामी पार्ने भएपनि केही त फाइदाकारी छन्।
जस्तो कि यीष्टले मदिरा बनाउनमा सहयोग पुर्याउँछन् भने क्यामल क्रिकेट भनिने किराले औद्योगिक फोहोर कुहाउन मद्दत गर्छन्।
यसरी लुकेर बसेका सूक्ष्म जीवले कतै नयाँ एन्टीबायोटिक वा जैविक इन्धन बनाउन सहयोग पुर्याउलान कि?
अनि यो पनि: