रत्नबहादुर तामाङ: दुवै हत्केला गुमाए तर हिम्मत हारेनन्

केही वर्षअघि काम गर्दैगर्दा रत्नबहादुर तामाङलाई करेन्ट लाग्यो र उनका दुवै हत्केला शल्यक्रिया गरेर फाल्नुपर्‍यो।

काम गरेर खाने मान्छेका लागि हत्केला नहुँदा असह्य मानसिक पीडा हुन्छ। त्यसबाट जोगिन उनले संगीतको सहारा लिए।

जागिर छुट्यो, आर्थिक स्थिति कमजोर छ तर पनि उनको आत्मविश्वास घटेन।

ड्रम बजाउन सिकेका उनको लक्ष्य रक ड्रमर बन्ने हो।

चौतीस वर्षीय तामाङको सकारात्मक सोचबाट अरूले पनि प्रेरणा लिन सक्छन्। हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि