ह्वावेई विवाद: एन्ड्रोइडसँग सम्बन्धविच्छेद, प्रयोगकर्तालाई कस्तो असर पर्ला

एन्ड्रोइड

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, एन्ड्रोइडको सफलता ह्वावेइको स्मार्टफोनको सफलतासँग जोडिएको छ

'एन्ड्रोइड अपरेटिङ सिस्टम'मा ह्वावेईको पहुँचमाथि लगाइएका प्रतिबन्धहरूको असर सो चिनियाँ कम्पनीले मङ्गलवार ल्याउन लागेको पछिल्ला मोबाइल सेटहरूमाथि लामो समयसम्म रहनेछ।

लन्डन अनर ट्वेन्टी सिरिजको स्मार्टफोन सार्वजनिक गर्ने कार्यक्रममा सो कम्पनीले विश्वभरिका सञ्चारमाध्यमलाई निम्त्याएको छ।

बीबीसीले थाहा पाएअनुसार नयाँ मोबाइल सेटमा गुगलको एप स्टोरसहित पूर्ण 'एन्ड्रोइड अपरेटिङ सिस्टम' उपलब्ध हुनेछ।

तर अमेरिकी सरकारसँगको विवाद समाधान नभएको खण्डमा ह्वावेईले एन्ड्रोइड प्रयोग गरिरहने निर्णय गरेमा आगामी सेटहरूमा गुगलका थोरै सेवाहरूमात्र उपलब्ध हुनेछन्।

अब के होला?

हाललाई अमेरिकाले वर्तमान ग्राहकहरूलाई सहज पार्ने उद्देश्यले ह्वावेईविरुद्ध प्रविधि हस्तान्तरणसम्बन्धी कडा नियम लागु गर्ने कार्य तीन महिनाले पछि सारेको छ।

प्लेस्टोर

तस्बिर स्रोत, Gg

Presentational white space

वाणिज्य मन्त्रालयले ह्वावेईको सञ्जाल सञ्चालन तथा उसको मोबाइलका सफ्टवेअर अपडेटजस्ता सेवा अस्थायी रूपमा पुनर्स्थापित गरिदिएको छ।

तर त्यो सहुलियत तीन महिनापछि के हुन्छ भन्ने स्पष्ट छैन।

विश्वकै दोस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनीसँग गुगल सम्बन्ध तोड्न चाहँदैन। ह्वावेईले हाल ५० करोड मनिसहरूले आफ्नो फोन प्रयोग गर्ने बताएको छ।

सिद्दान्तत: अमेरिकी वाणिज्य मन्त्रालयले गुगललाई ह्वावेईसँगको सम्बन्ध कायम राखिराख्न अनुमति दिनसक्छ वा अहिलेको प्रतिबन्धलाई स्थगित गर्नसक्छ।

तर प्रतिबन्ध कायम भएको अवस्थामा के हुनसक्छ त?

गुगल के गर्दैछ?

अमेरिकी प्रविधि कम्पनीले ह्वावेइसँगका सरसामान आदानप्रदान र प्राविधिक सेवाजस्ता सबै 'गैरसार्वजनिक' व्यापारिक क्रियाकलापलाई स्थगित गरेको छ।

ह्वावेइ पी३०

तस्बिर स्रोत, Getty Images

Presentational white space

यसको अर्थ ह्वावेई फोनमा एन्ड्रोइड हराउछ भन्ने होइन किनभने एन्ड्रोइड स्मार्टफोन निर्माताहरूले चाहेअनुरुप परिवर्तन गर्न सकिने ओपन सोर्स सफ्टवेयर हो।

तर अभ्यासमा भने धेरै निर्माताहरू गुगलले दिने सेवामा भर पर्छन्। र गुगलले यसका निम्न कुराहरूमा नियन्त्रण राख्छ:

  • एपहरू डाउनलोड गर्ने प्ले स्टोर
  • गुगलका एपहरू
  • गुगल एसिस्टेन्ट भनिने सहयोगी एप
  • जीमेल इमेल सेवा
  • र अन्य एपलाई एन्ड्रोइडसँग जोडिन दिने प्रविधि

अहिले चलिरहेका ह्वावेका सेटमा के हुन्छ?

ह्वावेई वा अनर फोन बोक्नेहरूका लागि भने अचानक एप राख्न नमिल्ने वा अद्यावधिक नहुने भन्ने हुनेछैन्।

यसको कारण भनेको अहिले चलनचल्तीमा रहेका सेटहरू प्रमाणित भइसकेका हुन् तर त्यसमा नयाँ भर्सन दिन वा एप डाउनलोड गर्न दिन गुगलले ह्वावेईसँग सम्बन्ध राखिरहनुपर्दैन।

ह्वावेई

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एन्ड्रोइडको विकल्प भएको ह्वावेईले जनाएको छ
Presentational white space

तर सुरक्षा अप्डेटहरूका विषयमा भने यो फरक हुनसक्छ।

गुगलले कुनै सुरक्षा खतरा देखेको अवस्थामा एक महिना पहिले निर्माता कम्पनीहरूलाई जानकारी दिएर मात्रै सार्वजनिक रूपमा अप्डेट जारी गर्नेगर्छ।

यसले गर्दा निर्माता कम्पनीहरूलाई अप्डेटले आफ्नो फोनमा कस्तो असर पार्छ भनेर जाँच गर्न समय दिन्छ।

ह्वावेईले अब भने अप्डेट जारी गरिएको दिन मात्रै सोको जानकारी पाउने छ र उसको फोन प्रयोगकर्तालाई अप्डेट दिन केही समय लाग्नेछ।

यसले कुनै ठूलै खतरा देखिदाँ ह्वावेईका फोनहरू केही दिन वा हप्ताका लागि खतरामा रहनेछन्।

नयाँ सेटमा के हुन्छ?

नयाँ मोबाइल सेटहरू भने प्रमाणित हुनेछैनन् र यसको कारण निम्न एपहरू फोनमा हुनेछैनन्।

  • प्ले‍स्टोर, म्युजिक र अन्य मिडिया
  • गुगल फोटोज
  • यूट्युब
  • गुगल म्याप्स
  • गुगल ड्राइभ
  • गुगल डुओ

यीमध्ये केही सेवाहरू फोनमा इन्टरनेटमार्फत् प्रयोग गर्न सकिन्छ तर त्यसरी प्रयोग गर्न सहज छैन।

चीनमा गुगलका धेरै सेवाहरू प्रतिबन्धित भएका कारण त्यहाँका प्रयोगकर्ताहरूलाई यसले ठूलो असर गर्नेछैन।

र ह्वावेईका फोनहरू एन्ड्रोइडका नयाँ भर्सनमा नगई अहिलेकै भर्सनमा रहिरहेको अनुमानसमेत गरिएको छ।

तर अबको नयाँ भर्सन निर्माता कम्पनीहरूलाई दिइसकिएकोले एन्ड्रोइड क्यू भने ह्वावेईका फोनहरूमा आउन सक्छ। त्यसपछिका नयाँ भर्सन भने नआउन सक्छ।

ह्वावेका विकल्प

ह्वावेईले बीबीसीलाई एन्ड्रोइडसँग सहकार्य गर्न इच्छुक भएको बताउँदै नयाँ अपरेटिङ सिस्टम विकास गरेको बताएको छ।

ह्वावेई

तस्बिर स्रोत, Getty Images

"हामीले यस्तो कुराका लागि तयारी गरेका छौँ," ह्वावेई यूकेका कार्यकारी उपाध्यक्ष जेरेमी थम्प्सनले भने।

"हाम्रो समानान्तर रुपमा वैकल्पिक व्यवस्था गरिरहेका छौँ र त्यसले हाम्रो प्रयोगकर्ताहरूलाई खुसी बनाउनेछ।"

"छोटो समयका लागि यो ह्वावेईको लागि शुभ समाचार होइन, तर हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ।"

चीनमा अधिकांश प्रयोगकर्ताले वीच्याट प्रयोग गर्ने र त्यसमा अन्य एप चलाउन पनि मिल्ने भएकोले यसले ठूलो फरक ल्याउनेछैन।

र अन्य एप विकासकर्ताहरू पनि नयाँ अपरेटिङ सिस्टममा आफ्नो एप चल्न मिल्ने बनाउन दबावका हुनेछन्।

तर अन्यत्र भने नयाँ सिस्टमले समस्या ल्याउनेछ।

"उनीहरूले जेसुकै बनाएको भए पनि त्यसलाई स्थापित गर्न सहज हुनेछैन," प्रविधि समाचार वेबसाइट एक्सडीए डेभलपर्सका प्रधान सम्पादक मिसाल रहमान भन्छन्।

"किनभने मोबाइल अपरेटिङ सिस्टमको सफलता भनेको कति एपहरू उपलब्ध छन् भन्ने कुरामा निर्भर गर्छ।"

"एपलको पछि एन्ड्रोइड नै सबैभन्दा धेरै एप भएको सिस्टम हो।"