कम्युनिष्ट नेताको विवाहको ५० औँ वर्षगाँठ: थोरै प्रशंसा धेरै आलोचना

प्रचण्ड परिवार

नेपाल कम्युनिष्ट पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहालले विवाहको ५० वर्ष पुगेको अवसरमा धुमधामसँग मनाउने आफ्नी आमाको एक वर्षदेखिको सपना भएको छोरी गङ्गा दाहालले बताएकी छन्।

बिहीवार अध्यक्ष दाहाल र उनकी पत्नी सीताले एकअर्कालाई दुबोको माला लगाइदिएका थिए।

पञ्चेबाजासमेत बजाइएको उनीहरूको विवाहमा उपराष्ट्रपतिदेखि थुप्रै नेता र पेशाकर्मीहरू उपस्थित थिए।

कार्यक्रममा दाहालले आफ्नी अस्वस्थ पत्नीको मुहारमा खुसी ल्याउन उनकै इच्छा अनुसार विवाह कार्यक्रमको आयोजना गरेको बताएका थिए।

आमालाई खुसी पार्न पुन: विवाह

पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ रहेकी सीताको उपचारका लागि दाहालले सिङ्गापुरदेखि अमेरिकासम्म पुर्‍याइसकेका छन्।

सीताको अवस्थाका कारण आफूहरू तनावमा रहेको भन्दै उनले औषधिले मात्रै नभई हौसला पनि दिनका लागि फेरि विवाह गरेको बताए।

प्रचण्ड परिवार

विवाहको ५० वर्ष पुगेको अवसरमा कार्यक्रम नै गरेर मनाउने आफ्नो आमाको इच्छा अनुसार पुन: विवाह गरिएको छोरी गङ्गा दाहालले बीबीसीलाई बताइन्।

"आमालाई पार्किन्सन भएकोले उहाँलाई हौसला बढाउनुपर्छ र औषधि दिनुका साथै खुसी राख्नुपर्छ भन्ने चिकित्सकको सल्लाह थियो," उनले भनिन्, "त्यसैले उहाँले एक वर्षदेखि यो मनाउनुपर्छ भनिरहनुभएकोले इच्छा पूरा गर्दा खुसी हुनुहुन्छ भनेर नै हामीले गरेका हौँ।"

अध्यक्ष दाहाल र परिवारले यस्तो बताइरहँदा सामाजिक सञ्जालमा भने उनीहरूको पुन: विवाहबारे मिश्रित प्रतिक्रिया आएका छन्।

कार्यक्रमको मञ्चमा बसिरहेका बेला सीता दाहाल अस्वस्थ देखिन्छिन् र उनलाई छोरी गङ्गाले नै भरोसा दिइरहेको देखिन्छ। प्रचण्डले पनि पत्नीको दाहिने हातलाई आफ्नो देब्रे हातले भर दिएका छन्।

प्रचण्ड दम्पती

तस्बिर स्रोत, Bina Magar/Twitter

प्रशंसा

सामाजिक सञ्जालमा धेरै शेयर गरिएको यो भिडिओमा प्रतिक्रिया दिँदै मिलन पाण्डेले ट्वीटरमा लेखेका छन्, "प्रचण्ड नेता मात्र होइनन्, श्रीमान् पनि हुन्। राजनीति, विचार, सिद्धान्तमा एक छिनपछि कुरा गरौँला। केही समय यता उनले जसरी आफ्नो श्रीमतीको हेरचाह अनि जसरी खुसी राख्न खोज्दै छन् त्यसले निकै राम्रो सामाजिक सन्देश दिएको छ। श्रीमतीलाई खुशी राख्नुहोस् कमरेड। ५० औँ वर्षगाठको बधाई।"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

ट्वीटरमै प्रेमनारायण न्यौपानेले पनि विवाहबारे सकारात्मक धारणा राखेका छन्। उनी लेख्छन्, "पुत्रवियोगले त होला,बिहे गरेको ५० ‍औँ वर्षगाँठमा पनि यो जोडीको अनुहारमा खुसी छैन। आमाको मन न हो, छोराको कति सम्झना आउँदो हो, मनमा कति विरह चल्दो हो! हामी तत्कालीन माओवादीका हिंसात्मक घटनाको विरोध गर्छौं, तिनीहरूको खराब व्यवहारको निन्दा गर्छौँ। प्रचण्ड र सीताको होइन।"

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

ट्वीटरमै प्रतिक्रिया जनाएका माधवप्रसाद तिवारी पनि उनीहरूको वर्षगाँठप्रति शुभकामना दिँदै लेख्छन्, "परिवारका निम्ति सबैजना प्रचण्ड जस्तै बन्न सकून्। प्रचण्ड दम्पतीलाई ५० औं वर्षगाँठको शुभकामना।"

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा अध्यक्ष दाहालका छोरी गङ्गा दाहाल र बुहारी बिना मगरले शुभकामना व्यक्त गर्दै राखेका स्टेटसमा वर्षगाँठको शुभकामना दिने वा विवाहले राम्रो सामाजिक सन्देश दिने भन्नेबाहेक आलोचना गर्ने पनि उत्तिकै छन्।

प्रचण्ड परिवार

तस्बिर स्रोत, Ganga Dahal/Facebook

आलोचना

सामाजिक सञ्जाल प्रयोगकर्ता महेश आचार्यले लेखेका छन्, "हिन्दू धर्म मान्दैनौँ भनेर विभिन्न जातीय द्वन्द्व निम्त्याउने। आफूचाहिँ हिन्दू ज्योतिष मानेर श्रीमतीसँग दोस्रो बिहे गर्ने? यो द्वैध चरित्र कहिलेसम्म कामरेड?

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

महेश आचार्यकै जस्तो धारणा राख्ने तारक केसीले फेसबुकमा सशस्त्र द्वन्द्वको बेला जनताका सन्तानलाई दुख दिएको सम्झिँदै आलोचना गरेका छन्।

मधुकर फुयालले पनि सशस्त्र द्वन्द्वका बेला गरीब जनताले दुःख पाएको स्मरण गर्दै लेखेका छन्, "तिम्रा युद्ध र आतङ्कले कैयौँ नेपाली चेलीको सिन्दुर पुछियो। कैयौँका जोडी छुटे/टुटे, कैयौँ नेपाली घरबारविहीन भए र टुहुराटुहुरी हुनुपर्‍यो। यिनका पनि त परिवारमा माया प्रेम नै थियो। सायद तिम्राभन्दा धेरै। तर भावना तिम्रै मात्रै पेवा हो र?"

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

ट्वीटर प्रयोगकर्ता गोविन्द निरौलाले पनि पुन: विवाहको आलोचना गरेका छन्।