सम्झनामा माओवादी सशस्त्र द्वन्द्वका १० वर्ष

माओवादी सशस्त्र द्वन्द्व

तस्बिर स्रोत, Getty Images

विसं २०५२ साल फागुन १ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सशस्त्र द्वन्द्व थालेको थियो। दश वर्ष चलेको द्वन्द्वमा कम्तीमा १७ हजार नेपालीले ज्यान गुमाए भने कम्तीमा १४ सय बेपत्ता भए। बुधवार सशस्त्र द्वन्द्व सुरु भएको २४ वर्ष पुगेको छ। सो द्वन्द्वसँग सम्बन्धित केही प्रतिनिधिमूलक तस्बिरहरू:

माओवादी सशस्त्र द्वन्द्व

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सानो समूहको सैन्य तालिमबाट सुरु भएको माओवादी सशस्त्र द्वन्द्वको अन्त्य हुँदा १९,६०० जनालाई संयुक्त राष्ट्रसङ्घले लडाकुका रूपमा दर्ता गरेको थियो।
माओवादी सशस्त्र द्वन्द्व

तस्बिर स्रोत, Netra KC / BBC

तस्बिरको क्याप्शन, संयुक्त राष्ट्रसङ्घले उमेर र अन्य कारणले ११ हजार लडाकुहरूलाई अयोग्य मानेको थियो।
माओवादी सशस्त्र द्वन्द्व

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सशस्त्र द्वन्द्वले १० वर्ष नेपालको राजनीति र जनजीवनमाथि प्रभाव पारिरह्यो।
माओवादी सशस्त्र द्वन्द्व

तस्बिर स्रोत, STR/AFP/Getty Images

तस्बिरको क्याप्शन, माओवादी लडाकुहरूले सशस्त्र द्वन्द्वका क्रममा विभिन्न स्थानमा आक्रमण गरेका थिए।
माओवादी सशस्त्र द्वन्द्व

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, माओवादीको नेपालभरि विशेष गरेर ग्रामीण क्षेत्रमा बलियो प्रभाव थियो।
माओवादी सशस्त्र द्वन्द्व

तस्बिर स्रोत, DEVENDRA M SINGH/AFP/Getty Images

तस्बिरको क्याप्शन, माओवादी लडाकुहरूले गरेका कतिपय आक्रमण र हत्याहरू अमानवीय भएको र राज्यपक्षबाट पनि गैरन्यायिक हत्याहरू भएको आरोप लाग्ने गरेका छन्।
माओवादी सशस्त्र द्वन्द्व

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दश वर्षबीचमा मा‌ओवादी र सरकारबीच तीन पटक औपचारिक वार्ता भएको थियो।
माओवादी सशस्त्र द्वन्द्व

तस्बिर स्रोत, DEVENDRA M SINGH/AFP/Getty Images

तस्बिरको क्याप्शन, सुरक्षा व्यवस्था कडा पारिएका कारण नागरिकहरूको विशेष गरी यात्राका क्रममा देशैभरि सुरक्षा निकायहरूको जाँचबाट पार हुनुपर्थ्यो।
माओवादी सशस्त्र द्वन्द्व

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सात दलको गठबन्धनले गरेको राजतन्त्रविरुद्धको जनआन्दोलनमा माओवादी अप्रत्यक्ष रूपमा संलग्न भएको थियो। आन्दोलनको परिणामस्वरूप गणतन्त्र स्थापना भयो जुन माओवादीको एउटा प्रमुख माग थियो।
माओवादी सशस्त्र द्वन्द्व

तस्बिर स्रोत, DEVENDRA M SINGH/AFP/Getty Images

तस्बिरको क्याप्शन, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौतामा सन् २००६ नोभेम्बर (विसं २०६३ मंसीर) हस्ताक्षर गरेपछि सशस्त्र द्वन्द्वको अन्त्य भएको थियो।

नेपालको सामाजिक र राजनीतिक रूपान्तरणमा माओवादी सशस्त्र द्वन्द्वको भूमिका छ। तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनविरुद्धको जनआन्दोलनमा माओ‌वादीले साथ दिएको थियो। गणतन्त्रको स्थापनासँगै माओवादी सशस्त्र द्वन्द्व अन्त्य गर्दै मूलधारको राजनीतिमा सामेल भएको थियो।