विजय लामा: निलम्बनबाट आक्रोशित नेवानिका वरिष्ठ विमानचालक भन्छन्, 'विचलित भएको छैन'

विजय लामा

तस्बिर स्रोत, Vijaya Lama's Facebook

नेपाल वायुसेवा निगमका वरिष्ठ विमानचालक विजय लामालाई प्रवक्ताको जिम्मेदारीबाट हटाउने निर्णयले सामाजिक सञ्जालमा अनेकौँ प्रतिक्रिया निम्त्याइरहेका बेला उनी स्वयंले बीबीसीसँग त्यसबारे मुख खोलेका छन्।

आफू हिजो पनि नेपाल वायुसेवा निगमको अनौपचारिक प्रवक्ता भएको र पनि रहिराख्ने भन्दै क्याप्टेन लामाले भने, "खालि केही समय कुनै कागजको टुक्रामा लेखेर औपचारिकता दिइएको थियो।"

"तर मलाई किन दु:ख लागेन भने म त सर्वप्रथम विमानचालक हुँ र त्यसैलाई मेरो सबभन्दा ठूलो प्राथमिकता छ।"

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानचालक तथा प्रवक्ताको दोहोरो भूमिका निर्वाह गर्दा हवाई सुरक्षामा असर पर्न सक्ने भनेपछि निगमले उनलाई प्रवक्ताको पदबाट हटाएको थियो।

तर आफूलाई त्यसरी हटाइँदा बचाउ गर्ने पर्याप्त अवसर नदिइएकोमा उनले गुनासो गरे।

साथै यस विषयमा सरकारले समेत ध्यान दिनुपर्ने उनले बताए।

किन हटाइए लामा?

विजय लामा नेपाल वायुसेवा निगममा कार्यरत परिचित व्यक्ति हुन्। उनी अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता पनि हुन्।

केही महिना पहिले उनलाई निगमले प्रवक्ता नियुक्त गरेको थियो।

तर अन्तर्राष्ट्रिय उडान गर्न लागेएको निगमको एउटा विमानलाई चार मिनेट ढिलो गरेको भन्दै त्रिभुवन विमानस्थलले उड्ने अनुमति नदिएपछि झन्डै एक महिनाजति अघि समस्या सुरु भयो।

नेपाल वायुसेवा निगम

तस्बिर स्रोत, Keshav P. Koirala/BBC

विमानस्थलको धावनमार्ग सुधार चल्दै गर्दा राति १० बजेपछि उडान बन्द गरिएको बेला यात्रुहरू सबै राखेर उड्न ठिक्क पारिएको विमान उडाउन नदिइएपछि लामाले निगमका तर्फबाट कडा प्रतिक्रिया दिएका थिए।

के त्यसकै रिस फेर्न नागरिक उड्डयन प्राधिकरणले तपाईँलाई कारबाही गर्न लगाएको हो जस्तो लाग्छ भनेर सोध्दा लामाले भने, "यो त सरासर ममाथि दबाव दिइएको हो।"

तर प्राधिकरणले चाहिँ लामाले नै दिएको एक अन्तर्वार्तामा उनले आफू मानसिक तनावमा रहेको भनेको विषयलाई पनि जोडेको छ।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

कुनै पाइलट स्वयंले आफू तनावमा छु भन्दाभन्दै नियामक निकायले उसलाई त्यत्तिकै विमान उडाउन दिन मिल्छ त भन्ने प्रश्नमा लामाले त्यो विषयलाई असान्दर्भिक रूपमा मौकाको फाइदा उठाउने हिसाबले प्रयोग गरिएको बताए।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

"त्यो त मैले उड्ने बेलामा तनाव भयो भनेको होइन नि। मलगायत सबैलाई तनाव भएको छ भनेको हो। त्यसमाथि तनावरहित नभएको बेला त म आफैँ विमान उडाउँदिन नि," उनले भने।

सामाजिक सञ्जालमा कस्ता चर्चा

विजय लामालाई निगमको प्रवक्ताबाट हटाइएको समाचार आएपछि सामाजिक सञ्जालमा त्यस विषयमा निकै चर्चा भयो।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

अधिकांशले उनको निलम्बनलाई सरकारको कमजोरी मानेका छन्।

कतिपयले व्यङ्ग्य गरेका छन् भने कतिपयले चाहिँ अनुशासनको प्रसङ्ग उठाएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space

व्यङ्ग्य गर्नेहरूले पछिल्ला समय देशमा भ्रष्टाचार भएको देखिने विषयमा कुनै कारबाही नहुनु तर कर्मचारीले चाहिँ जिम्मेदारीबाट हट्नुपर्ने स्थिति उत्पन्न भएको विषयलाई जोडेका छन्।