जापान सम्राट आकिहितोद्वारा राजगद्दी परित्याग गरेको घोषणा

आकिहितो

तस्बिर स्रोत, Reuters

जापानमा सम्राट आकिहितोले मङ्गलवार राजगद्दी परित्याग गरेको घोषणा गरेका छन्।

जापानी समयानुसार अपराह्ण आयोजित एउटा समारोहमा ८५ वर्षीय आकिहितोले सम्राटका रूपमा आफ्नो अन्तिम भाषण गरे।

दुई सय वर्षपछि पहिलो पटक जापान सम्राटले स्वेच्छाले पदत्याग गरेका हुन्।

यसअघि टोक्योस्थित राजभवनमा गद्दीत्यागको विधि परम्परागत रूपमा सुरु भएको थियो।

राजभवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीलगायत ३३० जना विशिष्ट व्यक्तिहरू उपस्थित थिए।

वयोवृद्ध आकिहितोले स्वास्थ्य र उमेरका कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रTजगद्दीत्यागको प्रारम्भिक विधि मङ्गलवार बिहान सम्पन्न भयो

पदत्याग गरे पनि आकिहितो मध्यरातसम्म सम्राट नै रहनेछन्।

टोक्योस्थित दरबार

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पानी परिरहेको भए पनि टोक्योस्थित दरबारबाहिर धेरै मानिसहरू जम्मा भएका थिए
जापान सम्राट आकिहितो

तस्बिर स्रोत, Reuters

Presentational white space

बुधवार बिहान युवराज नारुहितोले क्रिसन्थेमम गद्दी भनेर प्रख्यात जापानी राजसिंहासन सम्हाल्नेछन्।

जापानमा सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन। तर उनी राष्ट्रिय प्रतीकका रूपमा चिनिन्छन्।

आकिहितो जापानमा लोकप्रिय थिए।

मङ्गलवार बिहान गोप्य रूपमा सम्पन्न विधिमा उनले आफ्नो पूर्वजहरूलाई गद्दी परित्याग गर्न लागेको "बताएका" थिए।

के भने सम्राटले?

आफ्नो अन्तिम भाषणमा सम्राट आकिहितोले जापान तथा विश्वमा शान्ति र समृद्धि होओस् भन्ने कामना गरे।

उनले भने, "मलाई प्रतीकका रूपमा स्वीकार र समर्थन गरेकोमा म जनताप्रति धेरै कृतज्ञ छु।"

आकिहितो

तस्बिर स्रोत, Reuters

"साम्राज्ञीसहित म हृदयदेखि नै रेवा युग शान्त तथा फलदायी होस् भन्ने कामना गर्छु। अनि म हाम्रो देश तथा विश्वका जनताको कल्याण र सुखका लागि प्रार्थना गर्छु।"

जापानमा सम्राट फेरिएपछि युगको नाम पनि फेर्ने परम्परा छ।

किन त्यागे गद्दी?

आफ्नो खराब स्वास्थ्यका कारण गद्दी त्याग्न चाहेको सम्राट आकिहितोले तीन वर्ष अघि नै बताएका थिए।

सम्राट अकिहितो

तस्बिर स्रोत, Getty Images

आकिहितो

तस्बिर स्रोत, Getty Images

Presentational white space

"मेरो स्वास्थस्थिति बिस्तारै खस्कँदै गएको विचार गर्दा मैले राज्यको प्रतीकको रूपमा गर्नुपर्ने कर्तव्य निर्वाह गर्न मलाई कठिन भइरहेकोमा म चिन्तित छु," उनले त्यतिखेर भनेका थिए।

सन् १८१७ यता जापानको राजगद्दी स्वेच्छाले त्याग्ने उनी पहिलो सम्राट हुनेछन्।

जापानमा गरिएका मत सर्वेक्षणहरूले अधिकांश जापानीहरूले सम्राटको गद्दी त्याग्ने मनशायको समर्थन गरेका थिए। त्यसको एक वर्षपछि संसद्ले उनको गद्दीत्याग सम्भव तुल्याउन कानुन पारित गरेको थियो।

हिरोहितो र आकिहितो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पिता सम्राट हिरोहितोसँग युवराज आकिहितो
मिचिको र आकिहितो

तस्बिर स्रोत, KEYSTONE-FRANCE

तस्बिरको क्याप्शन, युवराज आकिहितो र मिचिको विवाह सन् १९५९ मा भएको थियो
आकिहितो

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, सन् १९९० परम्परागत पहिरनमा सम्राट आकिहितो
Presentational white space

को हुन् नारुहितो?

सम्राट आकिहितोले गद्दीत्याग गरेपछि उनका छोरा नारुहितो जापानका १२६ औँ सम्राट हुनेछन्।

उनी गद्दीनसीन भएपछि जापान 'राइवा' युगमा प्रवेश गर्नेछ र सन् १९८९ देखि सुरु भएको सम्राट आकिहितोको शासनकालको 'हाइसाई' युगको अन्त्य हुनेछ।

उनन्साठी वर्षीय नारुहितो २८ वर्षको उमेरमै युवराज घोषित भएका थिए।

उनले अक्सफोर्ड विश्वविद्यालयमा पढेका छन्।

युवराज नारुहितो

तस्बिर स्रोत, Getty Images

Presentational white space

सन् १९८६ मा एक भोजका बेला उनले युवराज्ञी मासाकोलाई भेटेका थिए। उनीहरूको विवाह सन् १९९३ मा भयो।

शाही दम्पतीको एक्लो सन्तानको रूपमा राजकुमारी आइको सन् २००१ मा जन्मिइन्। तर जापानको वर्तमान कानुनले महिलालाई गद्दी आरोहण गर्न अनुमति दिँदैन।

त्यसैले उनकी काका राजकुमार फुमिहितो अबको उत्तराधिकारी हुनेछन्।

यस्तो छ जापानको राजपरिवार

नारुहितो सम्राट भएपछि उनका भाइ फुमिहितो युवराजका रूपमा राजगद्दीको उत्तराधिकारी हुनेछन्।

त्यसपछिको क्रममा फुमिहितोका छोरा हिसाहितो हुनेछन्।

जापान