टिकटक: एपल र गुगलले भारतबाट हटाए भिडिओ शेअरिङ एप

टिकटक

तस्बिर स्रोत, Getty Images

एपल र गुगलले भारतमा आफ्ना एप स्टोरबाट भिडिओ बनाउने र शेअर गर्ने एप टिकटक हटाएका छन्।

ती कम्पनीहरूले मद्रास उच्च न्यायालयको आदेशको पालना गर्दै सो कदम चालेका हुन्।

केही साताअघि अदालतले अश्लील सामग्री फैलाउन टिकटकको प्रयोग भएको र कम उमेरका प्रयोगकर्ताहरू यौनदुर्व्यवहारको सिकार हुन सक्ने भन्दै टिकटकलाई भारतमा प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको थियो।

टिकटक बनाउने चिनियाँ कम्पनी बाइटडान्सले सो आदेश निलम्बन गर्न दर्ता गरेको आवेदनलाई अदालतले मङ्गलवार खारेज गरिदिएको थियो।

भारतमा टिकटकका १२ करोड प्रयोगकर्ता छन्।

Presentational grey line
Presentational grey line

तर यसमा आपत्तिजनक सामग्री पनि हालिने भएकाले केहीले टिकटकको आलोचना गर्ने गरेका छन्।

टिकटक किशोरकिशोरीहरूले धेरै चलाउँछन्। यसको प्रयोग गरेर अरू गीत र सङ्गीतको धुनमा ओठ चलाएर अभिनय गरेको, हास्यव्यङ्ग्यात्मक र अन्य छोटा भिडिओ बनाउन मिल्छ।

टिकटक

बाङ्ग्लादेशले यसअघि नै टिकटकलाई प्रतिबन्ध लगाइसकेको छ। बालबालिकाबारे अवैध रूपमा सूचना सङ्कलन गरेको अभियोगमा अमेरिकामा टिकटकलाई जरिवाना तिराइएको छ।

आफ्नो फोनमा पहिल्यै टिकटक भएका प्रयोगकर्ताहरूले भने बुधवार दिउँसोसम्म टिकटक चलाउन सकेका थिए।

मद्रासको अदालतमा टिकटकबारे फेरि एप्रिल २२ मा सुनुवाइ हुनेछ।

टिकटकलाई लगाइएको प्रतिबन्धबारे सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

धेरैले टिकटक प्रयोग गर्ने बानीबारे व्यङ्ग्य गरेका छन्।

Presentational grey line

आपत्तिजनक सामग्री 'नगण्य'

आफ्नो आवेदनमा बाइटडान्सले टिकटकमा नगण्य मात्रामा मात्र अनुपयुक्त सामग्री भएको उल्लेख गरेको छ।

सो कम्पनीका अनुसार संसारभरि प्रत्येक महिना ५० करोड मानिसले सक्रिय भएर टिकटक चलाउँछन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार अदालतको आदेशपछि भारतको सूचनाप्रविधि मन्त्रालयले गुगल र एपललाई पत्राचार गरेर भारतबाट टिकटक हटाउन भनेको थियो।

टिकटकका एक प्रवक्तलाई आफूहरूलाई भारतको न्यायपद्धतिमा विश्वास भएको जनाएको छ।

उसले नियम उल्लङ्घन गरेका ६० लाख सामग्री भारतबाट हटाइएको र अन्य आपत्तिजनक सामग्री पनि हटाउने प्रयास भइरहेको जनाएको छ।

टिकटक हटाएको विषयमा गुगलले टिप्पणी गर्न मानेन। एपलले भने बीबीसीले पठाएको प्रतिक्रियाको अनुरोधमा कुनै टिप्पणी गरेको छैन।

Presentational grey line

यो पनि पढ्नुहोस्