तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विमानस्थलमा एकाह पूजा
यूएस-बाङ्ग्ला एअरलाइन्सको विमान दुर्घटनाका मृतकका आफन्तले बिहीवार विमानस्थलमै 'आत्मशान्ति' पूजा गरेका छन्।
गत वर्ष भएको दुर्घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २३ नेपाली सहित ५१ जनाले ज्यान गुमाएका थिए।
सोही स्थानमा उनीहरूले 'एकाहा' पूजा लगाएका हुन्।
अकालमा मृत्यु भएकाहरूको आत्माले यस्तो पूजा गरेमा मोक्ष प्राप्त गर्ने हिन्दू धर्मावलम्बीहरू विश्वास गर्छन्।
विमानस्थलको सुरक्षा संवेदनशीलताका कारण सात दिनसम्म हुने सप्ताह पूजाको साटो एक दिने पूजा लगाएको मृतकका आफन्तले बताए।
आफन्त गुमाएको पीडाले उनीहरुका आँखा अझै ओभाएका छैनन्।
नियम अनुसार पाउनुपर्ने राहत वा क्षतिपूर्ती स्वरूप पाउनुपर्ने रकम हालसम्म पनि नपाएको पीडित परिवार गुनासो छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि