प्रिमनसुन: के हिजोआज भइरहेको वर्षा स्वाभाविक नै हो?

मौसम

तस्बिर स्रोत, DHM

शनिवार बिहान अचानक काठमाण्डू उपत्यकामा कालो बादलले आकाश ढाकेर केहीबेर पूरै अँध्यारो भयो। त्यसपछि पानी पर्न थाल्यो।

बारा र पर्सामा ठूलो विध्वंस निम्त्याउनेगरी छ दिनअघि हावाहुरी आएको पृष्ठभूमिमा मौसममा देखिएको परिवर्तनबारे सामाजिक सञ्जालमा पनि धेरैले डर र चिन्ता व्यक्त गरेको देखियो।

तर मौसमविद्‌हरूले वर्षायाम सुरु हुनुभन्दा अगाडि हुने 'प्रिमनसुन' गतिविधि अलि बढी नै सक्रिय भएकोले मौसममा यस्तो परिवर्तन देखिएको हो।

नेपाल सरकारको जल तथा मौसम पूर्वानुमान महाशाखामा कार्यरत मौसमविद्‌ विभूति पोखरेल भन्छिन्, 'प्रिमनसुन' गतिविधि सधैँ यति नै सक्रिय हुन्छ भन्ने छैन।"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

उनका अनुसार कहिलेकाहीँ यस्तो गतिविधि भए पनि पानी भने नपर्न सक्छ।

केही दिनदेखि पानी पर्ने र रोकिने क्रम चलेको छ। पोखरेलका अनुसार यो क्रम सोमवारसम्म रहनेछ।

बारा र पर्सामा गत आइतवार साँझ आएको भीषण हावाहुरीले कम्तीमा ३० जनाको ज्यान गएको थियो भने छ सयभन्दा बढी घाइते भएका थिए।

सरकारी तथ्याङ्क अनुसार सो हावाहुरीका कारण कम्तीमा १९ सयवटा घर क्षतिग्रस्त भएको थियो।

'विविध कारण'

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरैजसो स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा गराउने बादल विकसित हुनुका साथै काठमाण्डू उपत्यका र अन्य स्थानमा मेघगर्जनसहित पानी परिरहेको छ।

"पोखरादेखि पूर्व देशका धेरैजसो स्थानमा यस्तो अवस्था देखिएको छ," महाशाखास्थित अर्की मौसमविद् मञ्जु वासीले बताइन्।

नेपालमा मार्च, एप्रिल र मेसम्मको अवधिमा प्रिमनसुन गतिविधि हुने गर्छ।

मौसमविद्‌हरूका अनुसार सामान्यतया जुन १० बाट नेपालमा मनसुन आरम्भ हुन्छ।

अहिले भइरहेको वर्षाका कारणबारे जिज्ञासा राख्दा मौसमविद् पोखरेलले त्यसका विविध कारण भएको बताइन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space

"माथिल्लो वायुमण्डलमा पश्चिमी वायुको असर देखिएको छ। पूर्वी क्षेत्रनजिक न्यूनचापीय रेखा, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा...त्यस्तै अहिले स्थानीय वायुको प्रभाव पनि धेरै हुन्छ।"

पूर्वानुमान गर्न गाह्रो

यस्ता विविध कारणले मौसम छिटोछिटो परिवर्तन हुने र पूर्वानुमान गर्न गाह्रो हुने पोखरेल बताउँछिन्।

"मनसुन अथवा जाडोयाममा जस्तो प्रिमनसुन गतिविधिबारे पूर्वानुमान गर्न पनि तुलनात्मक रूपमा गाह्रै हुन्छ।"

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहान पौने ९ बजे र साँझ पौने छ बजे वर्षाको मात्रा मापन गर्ने गरेको छ।

मौसमविद् वासीका अनुसार बिहान पौने ९ बजेको विवरण अनुसार सबैभन्दा बढी वीरेन्द्रनगरमा सात मिलिमिटर पानी परेको थियो।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

Presentational white space

काठमाण्डूको उत्तरी भेगमा असिना पनि परेको उनले बताइन्।

महाशाखाले असिनासम्बन्धी भने कुनै प्रकारको मापन गर्ने गरेको छैन।

शुक्रवार सुर्खेत र अन्य स्थानमा असिनापानी परेको विवरण प्राप्त भएको छ।

गत वर्ष आजको दिन

गत वर्ष आजको दिन लगभग यस्तै अवस्था देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् पोखरेलका अनुसार त्यस दिन महाशाखाको पूर्वानुमान यस्तो थियो, "देशभरि आंशिक बदली हुने र अपराह्नपछि देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका पहाडी भूभागमा बदली भई छिटपुट पानी पर्न सक्छ। बेलुका पहाडी भूभागमा बदली र बाँकी क्षेत्रमा आंशिक बदली हुन सक्नेछ।"

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

अहिले मौसममा देखिएको परिवर्तनलाई लिएर आत्तिनुपर्ने अवस्था नै नभएको मौसमविद्‌हरूले बताएका छन्।

"अस्ति बारा र पर्सामा भएको जस्तो चरम मौसमी घटना विरलै हुन्छ। तर 'प्रिमनसुन' गतिविधिकै कारण यस्तो भइरहेकोले आत्तिनुपर्ने भन्ने छैन," मौसमविद् पोखरेलले थपिन्।

चट्याङको सम्भावना

नेपालमा चैतदेखि जेठसम्मको समय अर्थात् वर्षा सुरु हुनुभन्दा अघिको समयमा धेरै चट्याङ पर्ने गरेको छ।

बादल सक्रिय हुँदा विद्युतीय गतिविधि बढ्ने हुँदा चट्याङ पर्छ।

हावाहुरी आउने, मेघगर्जन हुने र चट्याङ पनि पर्ने अवस्था देखिएकोले सावधानी अपनाउँदा जाती हुने विज्ञहरू बताउँछन्।

मौसम

मौसमविद्‌ वासीले भनिन्, "हावाहुरी चल्दा सकेसम्म घरभित्र बस्नुपर्छ, चट्याङ परेका बेला अग्लो ठाउँ र रूखमुनि ओत लाग्नु हुँदैन।"

खासगरी जमिन र बादलको दुरी कम हुने पहाडी भूभागमा मानिसहरूले विशेष सतर्कता अपाउनुपर्ने विज्ञहरू बताउँछन्।

सरकारी तथ्याङ्कअनुसार नेपालमा गत आठ वर्षमा प्राकृतिक विपद्‌मध्ये भूकम्पपछि चट्याङका कारण सबैभन्दा बढी मानिसको ज्यान गएको छ।

गृह मन्त्रालयका अनुसार झापा, इलाम, सङ्खुवासभा, भोजपुर, काभ्रेपलाञ्चोक र मकवानपुर जिल्लामा चट्याङसँग सम्बन्धित बढी घटना हुने गरेको छ।

हिउँदमा चट्याङ असामान्य मानिने भए पनि यसपालि चट्याङ परेर केही व्यक्तिहरूको मृत्यु भएको थियो।