कश्मीर आक्रमण: भिडन्तमा 'मुख्य योजनाकारसहित तीन लडाकु र पाँच सुरक्षाकर्मीको मृत्यु'

कश्मीर

तस्बिर स्रोत, AFP

भारत प्रशासित कश्मीरको पुलवामामा सोमवार भएको एउटा भिडन्तमा पाँच सुरक्षाकर्मीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

पुलवामामा गत हप्ता भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका अब्दुल राशिद गाजीसमेत तीनजना सन्दिग्ध पनि सो घटनामा मारिएको भारतीय सैनिक सूत्रले दाबी गरेको छ।

सो घटनामा लडाकुहरू लुकेर बसेको घरका मालिकको पनि मृत्यु भयो।

भारतीय सेना र अर्धसैन्य बलहरूले सो स्थानमा संयुक्त सुरक्षा कारबाही गरेको प्रहरीले जनाएको छ।

लडाकुहरू लुकेर बसेको सूचना पाएपछि सेनाले कारबाही गर्दा उनीहरूले गोली हानेको बताइएको छ।

बिहीवार भारतीय अर्धसैनिक बल सीआरपीएफको गाडीलाई लक्ष्य गरेर भएको विस्फोटनमा ४६ जनाको मृत्यु भएको थियो।

सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सो घटनामा संलग्न लडाकु खोज्न एउटा अभियान थालेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, पुलवामामा गस्ती गर्दै भारतीय सुरक्षाकर्मीहरू

सुरक्षाकर्मीतर्फ हताहत भएकामध्ये मेजरसहित चार सैनिक र एक प्रहरी अधिकारी छन्।

सो क्षेत्रमा गोली हानाहान भएको चर्को सुनिएको थियो। सुरक्षाकर्मीहरूले गाउँलेहरूलाई घरभित्रै बस्न आह्वान गरेका थिए।

डरलाग्दो आक्रमण

गत हप्ता भएको आक्रमण कश्मीरमा अशान्ति सुरु भएपछिकै ठूलो आक्रमण भएको बताइन्छ।

एकजना आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ भरिएको एउटा गाडी सीपीआरएफका सुरक्षाकर्मीहरू बोकेका ७८ वटा गाडीहरूको लस्करमा लगेर जोतिदिएका थिए। घटनास्थल श्रीनगरबाट २० किलोमिटर पर छ।

ती आक्रमणकारी १९ देखि २१ वर्ष उमेर भएका स्थानीय कश्मीरी युवा भएको बताइएको छ।

पाकिस्तानी सञ्चालित लडाकु समूह जैश‍-ए-मोहम्मदले सो घटना आफूले गराएको दाबी गरेको छ।

पुलवामा

भारतले भने पाकिस्तान नै सो आक्रमणमा संलग्न भएको आरोप लगाएको छ तर इस्लामाबादले त्यसको खण्डन गरेको छ।

विरोध

बिहीवारको घटनापछि भारतमा पाकिस्तानविरोधी प्रदर्शनहरू भएका छन्।

क्रुद्ध भिडले कश्मीरी विद्यार्थी र व्यापारीहरूलाई निसाना बनाउने गरेका छन्।

विभाजनको सात दशकपछि पनि भारत र पाकिस्तानबीच तिक्तता कायम छ।

दुवै देशले कश्मीर आफ्नो भएको दाबी गर्दै आएका छन्।

पुलवामामा भएको आक्रमणपछि कश्मीरी मुसलमानहरूलाई सतर्क रहन भनिएको छ।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

विभिन्न स्थानीय सञ्चारमाध्यमहरूले उत्तर भारतमा कश्मीरी विद्यार्थीहरूसँग कुटपिट भएको वा उनीहरूलाई बसेको ठाउँबाट निकाएको घटनाबारे समाचार प्रकाशित गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

सीआरपीएफले विद्यार्थीहरूलाई सहयोग गर्ने बताएको छ तर उनले समाचार सत्य हो कि हैन राम्ररी विचार गर्न आग्रह गरेको छ।

कश्मीरमा भएको आक्रमणपछि भारतले पाकिस्तानलाई एक्ल्याइदिने चेतावनी दिएको छ।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line