तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालमा सङ्घीयता: पिताम्बर शर्मा भन्छन्, 'राज्य एकात्मकजस्तो, नेताहरूको व्यवहार फेरिएन'
संविधान निर्माण, राज्यको पुनर्संरचना, तीनवटै तहका निर्वाचन हुँदै निर्वाचित निकायहरू सबैले काम थालेको पनि यसै हप्ता एक वर्ष पुग्दैछ।
तर सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने भन्दै थालिएको सङ्घीयताको बहसमा भने आशाभन्दा निराशा बढी देखिन थालेको टिप्पणीहरू भइरहेका छन्।
एक्लाएक्लै होस् वा मिलेर काम गर्न तीनवटै तहका सरकार अल्मलिएझैँ देखिन्छन्।
यसलाई सहजीकरण गर्दै गति दिने मुख्य जिम्मेवारी पाएको केपी शर्मा ओली नेतृत्वको सरकारले भने अहिलेको समयलाई 'व्यवस्थापकीय सङ्क्रमणकाल' भन्ने गरेको छ।
तर बिहानीले दिनको सङ्केत गर्छ भनेझैँ पहिलो एक वर्षमा भएका र हुन नसकेका कामले सङ्घीयताको भविष्यबारे कस्तो सङ्केत गर्छ?
सङ्घीयता मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्मा भन्छन्, "एकात्मक राज्यजस्तो हुने अनि सङ्घीयताको अपेक्षा गरेर हुँदैन। सङ्घीय नेताहरूको व्यवहार सङ्घीयतानुरूप हुनुपर्छ।"
सुन्नुहोस् साप्ताहिक कार्यक्रम 'नेपाल सन्दर्भ'मा उनीसँग गरिएको कुराकानी।
यो पनि हेर्नुहोस्