प्रधानमन्त्रीदेखि नागरिकसम्मबाट नेपाली क्रिकेटलाई सामाजिक सञ्जालमा बधाई

पारस, रोहित र सन्दीप

तस्बिर स्रोत, Facebook

नेपालले एकदिवसीय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेपछि सामाजिक सञ्जालमा नेपालीहरूले खुसी साटासाट गरिरहेका छन्।

सोमवार यूएईविरुद्ध दुबईमा खेलिएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट शृङ्खलामा अन्तिम र निर्णायक खेल चार विकेटले जित्दै नेपालले पहिलो पटक ओडीआई शृङ्खला जितेको हो।

कप्तान पारस खड्काले निर्णायक खेलमा नेपालका लागि पहिलो पटक शतक रन बनाएका थिए।

शनिवार भएको अघिल्लो खेलमा सोमपाल कामीले पहिलो पटक नेपालको तर्फबाट एकै खेलमा पाँच विकेट लिएका थिए भने सन्दीप लामिछानेले चार विकेट लिएका थिए।

शनिवारकै खेलमा युवा खेलाडी रोहित पौडेलले ५० रन पूरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेर सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको किर्तिमान भङ्ग गरेका थिए।

सामाजिक सञ्जालमा नेपालका प्रधानमन्त्रीदेखि नागरिक सबैले नेपाली टोलीका साथसाथै खड्का, कामी, लामिछाने र पौडेललाई बधाई दिएका छन्।

नेताहरूको बधाई

प्रधानमन्त्री केपी ओलीले ट्वीट गरेर बधाई दिँदै 'खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिने' बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

नेपाली टोलीलाई बधाई दिनेहरूमा सरकारका मन्त्रीहरू, सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्ष नेपाली कांग्रेसका साथसाथै अन्य दलका नेताहरू पनि रहेका छन्।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले फेसबुकमा वक्तव्य जारी गर्दै टोलीलाई बधाई दिएका छन्।

उनले लेखेका छन्, "खेलाडीहरु राष्ट्रका गहना मात्र नभएर अमूल्य निधि हुन् । उनीहरूको उचित सम्मान र प्रोत्साहनमा सिंगो राज्य समर्पित हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु।"

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले '[नेपालीहरूलाई] राजनीतिले छुट्याउला [तर] संगीत, साहित्य र खेलले जोड्छ' भन्दै बधाई दिएका छन्।

सामाजिक सञ्जालमा बधाई दिनेहरूमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटा, श्रममन्त्री गोकर्ण विष्ट, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा, पूर्वसभामुख ओनसरी घर्ती, कांग्रेस नेताहरू गगन थापा, विमलेन्द्र निधि र धनराज गुरुङ पनि छन्।

खेलाडीहरूको धन्यवाद

सोमवार खेलपछि नेपाली टोलीका खेलाडीहरूले जितका बारेमा लेख्दै समर्थकहरूलाई धन्यवाद दिएका थिए।

ट्वीट गर्दै कप्तान पारस खड्काले लेखे, "हाम्रो पहिलो एकदिवसीय शृङ्खला विजय… खेलाडी र व्यवस्थापनको तर्फबाट अद्भुत समूहगत प्रयास, भावना र प्रतिबद्धता… आशीर्वाद, समर्थन र कृतज्ञताका लागि सबैलाई धन्यवाद… जय नेपाल!"

सोमवारको खेलमा छक्का प्रहार गरेर नेपाललाई विजयी बनाएका सोमपाल कामीले 'टोलीको सामूहिक मिहेनतले इतिहास निर्माण गरेको' भन्दै ट्वीट गरे। यस्तै आशयको ट्वीट युवा खेलाडी रोहित पौडेलले पनि गरेका छन्।

सन्दीप लामिछानेले पनि ट्वीट गर्दै 'यो सुरुआत मात्रै भएको र शृङ्खलामा सबैले ठूलो योगदान गरेको' भन्दै कप्तान खड्काको शानदार ब्याटिङलाई जितको श्रेय दिएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

'केही गरौँ'

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तानहरूले विजयको खुसी मनाउनुका साथै नेपाली क्रिकेटका लागि केही गर्नुपर्ने माग गरेका छन्।

विनोद दासले प्रम ओलीको ट्वीटमाथि प्रतिक्रिया व्यक्त गर्दै मङ्गलवार नेपालमा खेलकुद र खेलाडीलाई सम्मान दिन अनुरोध गरेका छन्। उनले लेखे,"खेलकुदले देशलाई सधैँ गौरव दिएको छ, अब देश(सरकार)ले खेलकुद परिवारलाई गौरवान्वित बनाउने समय भएको छ।"

एलबी क्षेत्रीले फेसबुकमा सबै क्रिकेट खेलाडीका लागि यो गौरवको दिन भएको लेख्दै टोलीलाई बधाई दिए।

पवन अग्रवालले पनि विदेशी भूमिमा जितका लागि बधाई दिएका छन्।

अफगानिस्तानका रसिद खान, न्यू जिल्यान्डका स्टेफन बार्ड र हङ‌्कङका निजाकत खानले पनि नेपाललाई ट्विटरमा बधाई दिएका छन्।

समर्थकहरूको चिन्ता र खुसी

नेपाली क्रिकेटका समर्थकहरूले भने नेपाली टोलीलाई बधाई दिँदै सरकार र अन्य सरोकारवालाहरूको निष्क्रियताप्रति चिन्ता व्यक्त गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space

अनन्त कोइरालाले मङ्गलवार क्रिकेटको पूर्वाधार विकासबारे केही नभएकोमा असन्तुष्टि व्यक्त गरे।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

Presentational white space

विदुर भण्डारीले पर्यटनमन्त्री अधिकारीलाई खेलकुद‌‌मार्फत् पर्यटन प्रवर्धन गर्ने विकल्पबारे ध्यान दिन आग्रह गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

Presentational white space

सन्तोष लिम्बूले लेखे, "गर्वले छाती उचो भएको छ,खुसीले सीमा नाघेको छ। गर्वले छाती उचो नहोस्, खुसीले सीमा ननाघोस् पनि कसरी? फेरी एकपल्ट नेपाली क्रिकेट टीम दुनियाँसामु चम्किएको छ,गर्जिएकोछ। बधाई नेपाल र सम्पूर्ण नेपालीलाई छ।"

ट्विटरमा प्रेम ढकालले प्रम ओलीको ट्वीटमा प्रतिक्रिया जनाउँदै लेखे, "दुईतिहाइ सरकार भएको बेला एक दिवसीय क्रिकेट शृङ्खला पनि दुईतिहाइले जित्यो हजुर!"