तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जफत गरिएको मदिरा कहाँ जान्छ?
केही सातायता काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार ठूलो परिमाणमा मदिरा जफत भइरहेको छ।
एकजना हवाईयात्रीले विदेशबाट नेपाल आउँदा एक लिटरसम्मको एक बोतल मदिरा ल्याउन पाउने नियम छ।
तर कतिपयले त्योभन्दा धेरै परिमाणमा मदिरा ल्याउने गरेको पाइन्छ।
खासगरी विदेशका विमानस्थलका 'ड्युटी फ्री' पसलहरूमा सस्तो पाइने भन्दै नेपाली यात्रुहरूले विदेशी ब्र्यान्डका मदिरा किन्ने चलन छ।
नियमले तोकेकोभन्दा बढी मदिरा ल्याए विमानस्थलमा जफत गरिन्छ। जफत गरेको मदिरा कहाँ जान्छ त?
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।