जब तालिबानले आक्रमण गर्‍यो, यी पाइलट खाटमुनि लुके, र मृत्युबाट बाँचे

Pilots Vasileios Vasileiou pictured outside the domestic terminal at Hamid Karzai International Airport

ग्रीसका विमान चालक भ्यासिलिओस भ्यासिलिउले एक वर्ष अघिको त्यो साँझ अझै बिर्सेका छैनन् जुनबेला उनले बाल्कोनीबाट तल हेर्दा भुईँमा रगतले लतपतिएको मानिस देखे। मृत्यु नजिकै आइरहेको उनलाई आभास भयो। एक वर्षअघिको कुरा हो, भ्यासिलिउले काबुलको एउटा विलासी इन्टरकन्टिनेन्टल हिलटप होटलमा एउटा कोठा लिए। त्यो होटल खासगरी विदेशीहरूबीच लोकप्रिय छ, २० जनवरीका दिन तालिबान बन्दुकधारीले त्यहाँ आक्रमण गर्दा ४० जना मारिए।

त्यो त्रासदी उनको सम्झनामा:

त्यो साँझको खाना अलि छिटो खाने विचारले म अर्का पाइलट साथी माइकल पोलिकाकोससँग साँझ ६ बजे खान गएँ। होटलमा आउन थालेको तीन-चार महिनामा धेरैजसो राती साढे आठ बजेतिर मात्रै खाना खान जान्थेँ।

हामीले त्यस्तै साढे सात बजेतिर खाना खाइसकेर म सबभन्दा माथिल्लो तलामा रहेको आफ्नो कोठा नम्बर ५२२ मा गएँ। आठ बजेर ४७ मिनेट भएको थियो, म एथेन्समा फोनमार्फत कुराकानी गर्दै थिएँ, लबीमा ठूलो विस्फोट भएको आवाज सुनेँ।

The Intercontinental Hotel in Kabul

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आक्रमणको भोलिपल्ट बिहान इन्टरकन्टिनेन्टल होटलबाट निस्किरहेको धुवाँ

म बाल्कोनीमा गएँ। मैले तल भुइँमा रगतले लतपतिएको मानिस देखेँ। होटलभित्र र बाहिरबाट बन्दुकको गोली चलेको आवाज आइरहेको थियो।

त्यसबेला रेष्टुराँमा आफू नभएकोमा निकै भाग्यमानी सम्झेँ र आफैलाई भनेँ, "भ्यासिलियोस अब बाँच्नका लागि केही गर्नैपर्छ।"

मैले बाल्कोनीको ढोका खुलै राखेँ र मेरो कोठाको ढोकाभित्रबाट बन्द गरेँ।

मेरो कोठामा दुईवटा खाट थिए। ग्रिनेडहरूबाट बच्न एउटा डसना ढोकामा राखेँ। तन्ना, टावल र लुगाहरू बाँधेर एउटा डोरी बनाए ता कि आवश्यक पर्‍यो भने चौथो तलामा जान।

पाइलट र तालिम प्रदायक पनि भएकाले मैले समस्या व्यवस्थापन र निर्णय कसरी गर्ने भन्ने वर्षौंसम्म अध्ययन गरेको छु। त्यसैले रेष्टुराँ वा नाटक हेर्न जाँदा पनि ढोकाको छेउमै वा आपतकालीन ढोकाको नजिकै बस्ने गर्छु।

अब के गर्ने भनेर सोच्न थालेँ। त्यहाँ कति आक्रमणकारी छन् र कहाँ छन् भन्ने मलाई थाहा थिएन। पाचौँ तल्लाबाट हाम फाल्नु पनि राम्रो भएन। त्यसैले मैले आफैले आफैलाई भनेँ- भित्रै बस र आफूलाई बचाउन जे गर्न सक्छौ गर।

किन हो थाहा छैन म अस्वाभाविक रुपमा शान्त थिएँ।

मैले एउटा खाट खजमज्याएँ र अर्कोलाई चिटिक्क राखेँ। बत्ति निभाएँ र बाक्लो पर्दा र कुर्चिको पछाडि अँध्यारोमा लुकेँ।

डेढ घन्टा बित्यो। त्यसबेलासम्म रेष्टुराँ लबी, पहिलो तल्ला र दोश्रो तलामा रहेकाहरू सबैलाई मारेको मलाई थाहा थिएन।

त्यसपछि उनीहरू चौथो-पाँचौ तलामा आएको, छतमा दौडेको सुनेँ। छतमा उनीहरूले अन्तर्राष्ट्रिय फौजको हेलिकप्टरहरू आफ्नो नियन्त्रणमा लिँदै थिए।

मैले करिडरमा गोली हानाहान सुनेँ, अचानक होटलको बिजुली गयो।

मैले मेरा बच्चाको अनुहार सम्झेँ

त्यसपछि मेरो छेउको कोठा नम्बर ५२१ मा उनीहरू पसे, त्यसलाई उनीहरूले त्यो रातका लागि काम गर्ने कोठा बनाए।

मैले मेरो कोठाको ढोकामा गोली हानेको सुनेँ। म लुकिरहेको ठाउँ मलाई ठिक लागेन अनि एउटा खाटमुनि घुस्रेँ।

उनीहरूले कोठाको साँचोमा गोली हाने, ढोकालाई ठूलो घनले हानेँ र चारजना मान्छे मेरो कोठाभित्र पसे। एकजना बाल्कोनीतिर दौड्यो किनभने त्यो ढोका खुलै थियो।

Pilots Vasileios Vasileiou and Michael Poulikakos
तस्बिरको क्याप्शन, भ्यासिलिओस भ्यासिलिउ र माइकल पोलिकाकोस अफगानी कम्पनी काम एअरका लागि काम गर्थे

एउटा गोली चल्यो। मैले आफू शायद मर्छुहोला भन्ने सोचेँ। मैले मेरो परिवार सम्झेँ, मेरा बच्चाका अनुहार सम्झेँ र मेरा जीवनका राम्रा-नराम्रा पलहरू सम्झेँ।

ढोका खुलै राखिएको थियो। बन्दुकधारीहरू भित्र-बाहिर गरिरहेका थिए। त्यसपछि उनीहरूले अन्य कोठाका ढोकाहरू खोल्न थाले। मेरो ठीक अगाडि मैले सँगै काम गरेका परिचालक र अरु पाइलटहरूको कोठा थियो।

कहिले मारिनु अघिको उनीहरूको क्रन्दन सुन्थेँ, कहिले केही सुन्दिनथेँ।

मेरो विचारमा उनीहरूले पाँचौ तल्लाका सबै ढोका खोले र फेला परेका सबैलाई मारे।

गोली चलेको र रुवाइ सुनिरहेँ। त्यसपछि उनीहरू भोजमा झैँ हाँसेको सुन्थेँ।

बिहान तीन बजेतिर पाँचौं तलामा ठूलो आगो लगाए र असाध्यै धुवाँ आएपछि उनीहरू गए।

२०-२५ मिनेटसम्म गोली नचलेपछि म खाटमुनीबाट बाहिर निस्केँ।

भ्यासिलिओस भ्यासिलिउ

दोस्रो जीवन

बाहिर आएपछि देखेँ उनीहरूले अर्को खाट उठाएर गोली हानेका रहेछन्, कोही लुकेको छ कि भनेर हेरेका रहेछन्।

मैले सोचेँ, "आज दोश्रोपटक बाचेँ।"

धुवाँ मेरो कोठाभित्र आयो। अब त केही गर्नैपर्ने भयो। म बाल्कोनीमा गएँ। मेरो देब्रेतिर ठूलो आगो लागिरहेको थियो। मेरो कोठामा आगो आए नबाँच्ने पक्का थियो।

मैले टेलिभिजनका तारहरू छतबाट तलसम्म गएको देखेँ। त्यसले मेरो तौल धान्न सक्ला कि नसक्ला भनेर तार तानेर हेरेँ। तर त्यसै बखत दुईवटा गोली मेरो छेउमै आए। एउटा २० सेन्टिमिटर टाढा र अर्को आधा मिटर टाढा। ती दुबैले झ्यालका सिसामा प्वाल पारे।

ती सायद अन्तर्राष्ट्रिय फौजका स्नीपर थिए। उनीहरूले नाइट भिजन क्यामरा मार्फत मलाई कोठा नम्बर ५२२ बाहिर गएको देखेका थिए। त्यति दूरीमा उनीहरूको निशाना खेर जाँदैन। तर तिनले गोली हानेका बेला टिभीको तार समात्दा म हल्लिएकाले गोली लागेन।

मैले भित्र जाने निर्णय गरेँ। आवाज ननिकल्ने गरि सुस्तरी बाथरुममा गएँ। नङकाट्ने कैँची थियो। फ्रिजमा रहेको दूध र पानी अनि एउटा टिशर्ट लिएर गएँ। टिशर्ट काटेर नाकमा घुसाएँ ता कि त्यसले धुवाँ छान्ने फिल्टरको रुपमा काम गरोस्।

अर्को टुक्रामा दूध र पानी खन्याएँ र मेरो मुख वरिपरि बाँधे मैले त्यो एथेन्स विमानस्थलको अग्नी नियन्त्रण विभागमा लिएको तालिममा डबल फिल्टर बनाउने त्यस्तै तरिका सिकेको थिएँ।

म खाटभित्र घुस्ने वित्तिकै एउटा केटो भित्र आएर खाटमा बस्यो। मैले उसको खुट्टा देखेँ। उसले भुइँमा थुकिरहन्थ्यो र अरूलाई के गर्ने भन्ने आदेश दिइरहेको थियो। म अहिलेसम्म उसको स्वर सम्झिरहन्छु।

Gunmen shot through the lock on the door to Vasileios's room to gain entry

उ बाथरुम गयो। त्यसपछि बाल्कोनी गयो र एके-४७ बाट गोली हानिरह्यो। म कुनै पनि आवाज बनाउन सक्दिनथेँ किनभने गोलीको आवाज बन्द भएपछि त्यहाँ पूर्ण रुपमा शान्ति थियो।

त्यति नै बेला मेरो मस्तिष्कमा एउटा विचार आयो, म त्यस दिन मर्दिन होला। किनभने म साविक समयमा रात्रीको खाना खान गइन। उनीहरू मेरो खाटमा गोली हान्नेबेला बाँचे किनभने म अर्को खाटमुनि थिएँ। स्नीपरहरूको गोलीबाट पनि बचेँ। र, अहिले म राम्ररी लुकेको थिएँ।

मैले सोचेँ अन्तर्राष्ट्रिय फौजले कुनै हिसाबले होटल नियन्त्रणमा लिनेछन्, त्यसैले अहिले जस्तो अवस्था छुँ, त्यस्तै बसेँ भने ठिक हुनेछ।

तर विहान सबेरै अन्तर्राष्ट्रिय फौजले ट्याङ्कहरूबाट कोठाहरूमा प्रहार गर्न थाले किनभने बन्दुकधारीहरू त्यहाँ ओहोरदोहोर गरिरहेका थिए।

हरेक पल्ट ट्याङ्कले गोली हान्दा पुरै होटल थर्किन्थ्यो। सबै फर्निचरहरू धुलो भएका थिए र सिलिङहरूमा प्वाल परेका थिए। त्यसो हुँदा पनि बाँचेकोमा मैले भाग्यमानी ठानेँ।

Bullet holes in the walls of a room at the Intercontinental Hotel
तस्बिरको क्याप्शन, होटलको पाँचौ तल्लाको करिडर

उनीहरूले विहान ६ बजे फेरि गोली हान्न थाले। मेरो दराजबाट लुगा लगे, कार्पेट लगे र त्यसमाथि डिजेल खन्याए। उनीहरूको कोठा नम्बर ५२१ पनि जलाए।

आगो मेरो निकै नजिक थियो। धुवाँको मुस्लो र तापमा म १५-२० मिनेट भन्दा बाँच्न सक्दिन भन्ने मलाइ थाहा थियो। बाल्कोनीको ढोकाबाट आएको चिसो हावाको भरमा सास फेरि रहेको थिएँ।

त्यो धुवाँ काठ वा कार्पेट जल्दाको जस्तो थिएन। त्यो त मान्छे जलाइरहेको धुवाँ पो थियो।

म बाहिर आउने निर्णय गरेँ। तर बाहिर निस्कँदै गर्दा ५२१ कोठाबाट झ्याल फुटेको आवाज सुनेँ। मेरो कोठामा पनि त्यस्तै भयो, मैले फेरि लुक्ने निर्णय गरेँ।

Damage inside the Intercontinental Hotel in Kabul
तस्बिरको क्याप्शन, भ्यासिलिओसको दुई कोटा परको कोठा नम्बर ५२०- आक्रमणपछि

अन्तर्राष्ट्रिय फौजले आगो निभाउन फोहोराबाट पानी खन्याइरहेका थिए। आगो त निभ्यो तर काबुलको तापक्रम -३ डिग्री भएका बेला म छिटै हाइपोथर्मियाबाट ग्रस्त हुनेछु भन्ने निश्चित थियो।

साढे ९ बजे फेरि बन्दुक बजेको सुनियो तर त्यसको आवाज फरक थियो। ५२१ कोठामा रहेका बन्दुकधारीले जवाफी गोली फर्काएनन्।

साढे एघार बजेतिर कोठा नम्बर ५२१ मा एकमात्र बन्दुकधारी बाँकी रहेजस्तो लाग्यो। तर उसका सबै गोली सकिए। मलाई हाँसो फुत्केला जस्तो भयो। उ केहीबेरपछि बेपत्ता भयो।

यो सब सुरु हुनु अघिल्लो राती अबेरको उडानबाट म त्यहाँ पुगेको थिएँ। त्यसैले नसुतेको ३५-४० घन्टा भइसकेको थियो।

केही मानिसहरू मेरो कोठातिर आएको सुनेँ तर ती राम्रा मानिस थिए कि नराम्रा ठम्याउन सकिन।

११:४० बजे तिर कसैले अफगानी लवजमा पुलीस पुलिस भन्यो। तर म बाहिर आउन चाहिन किनभने ती खराब मान्छे पनि हुन सक्थे। पछि अंग्रेजी लबजमा पनि पुलिस भनेको सुनेँ। म खुशी भएँ र कराउन र खाट बाहिर आउन खोजेँ। म धुवाँले कालो भएको थिएँ। त्यसैले उनीहरूले मेरो अनुहार कस्तो छ भन्ने थाहा पाएनन्। चार कमाण्डोहरूले मतिर बन्दुक फर्काएर तलैबस भने।

एकजनाले खासखुस गर्दै भन्यो यो त भुत होला।

The Intercontinental Hotel in Kabul

मलाई असाध्यै जाडो भएको थियो तर मैले म 'काम एअर' को क्याप्टेन हुँ, मलाई नमार भन्न भ्याएँ।

उनीहरूले विश्वास गर्न सकेका थिएनन्। कति घन्टा म त्यसरी बसेँ भनेर उनीहरूले सोधे। मैले म सम्पूर्ण समय त्यहीँ बसेको सुनाएँ। उनीहरूले मेरो खाट हेरेर कसरी बाँच्न सफल भएँ भन्ने सोधे।

सुन्दर जीवनको मजा

एकजनाले मलाई तल लैजाने तर त्यस अघि एउटा फोटो खिच्ने बतायो। मैले पनि फोटो खिच्न चाहेँ।

म होटलबाट बाहिर आउने अन्तिम मान्छे थिएँ। उनीहरूले काबुलस्थित ब्रिटिश आधारमा लगे। मेरा सहकर्मी माइकललाई देख्दा म यति खुशी भएँ म विश्वास गर्न सकिरहेको थिइन।

Parts of the hotel were able to re-open two months after the attack

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आक्रमणको दुई महिनापछि होटलको केही भाग खुला गरिएको थियो

रोऊँ कि हासुँ मलाई थाहा थिएन। हामीले कति साथी गुमायौं। विदेश मन्त्रालयले मेरो परिवारलाई होटलबाट सबैजना निकालिएको र म फेला नपरेको बताएको थियो। त्यसैले मेरो परिवारले म बाँचे भन्ठानेको थिएन। तीन-चार घन्टापछि मैले फोन गरेर ठीक छु भन्दा उनीहरू कति खुशी भए तपाई सोच्न पनि सक्नुहुन्न।

म सँधैभरी सकारात्मक व्यक्ति रहेँ। हिजोआज झन् बढी सकारात्मक छु। म जीवनको हरेक पलको मजा लिन्छु र मसँग जे छ त्यसका लागि अनुगृहित हुन्छु। जीवन उपहार हो र यो रहेसम्म मजा लिइरहनुपर्छ।

ग्रीसको समुद्री किनारमा साथीहरूसँग बसिरहँदा मानिसहरूले आर्थिक मन्दीका कारण उनीहरूले छोड्नु परेका विलासिताका सामानबारे गुनासोहरू सुन्ने गर्छु।

म त साथीहरूसँग समुद्री किनारामा खानपान गर्दै जीवनको मजा लिन चाहन्छु।

काम, तनाव र नराम्रा कुरामा केन्द्रित नहुनुस्। बरु पल पल राम्रा बनाउन र राम्रा मानिसका वरिपरि रहनमा केन्द्रित हुनोस्। किनभने जीवन सुन्दर छ। काबुलपछि मलाई जीवन साँच्चिनै सुन्दर छ भन्ने लाग्छ। र, विश्वास गर्नुस् म हरेक पलको मजा लिइरहेको छु।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'लिटल मेस्सी' किन घर छोड्न बाध्य भए?