पूर्वराजा ज्ञानेन्द्रको गतिविधिप्रति प्रचण्डको संशयबारे के भन्छन् सामाजिक सञ्जाल प्रयोगकर्ता

पूर्वराजा ज्ञानेन्द्र

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटकपटक सार्वजनिक कार्यक्रमहरूमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट लोकतन्त्रलाई खतरा भएको भन्ने गरेका छन्।

तर धेरै मानिसहरू लोकतन्त्रमाथि पूर्वराजाबाट होइन, राजनीतिक दल र तिनका नेताहरूको अकर्मण्यताबाट खतरा रहेको अनुभव गर्छन्।

विसं २०६५ सालमा नारायणहिटी दरबार छोडेर सामान्य नागरिकका रूपमा जीवन बिताउन थालेका शाह सार्वजनिक गतिविधिमा सहभागी हुनेबित्तिकै प्रचण्ड उनीप्रति आक्रामक हुने गरेका छन्।

पश्चिम नेपालको बुटवलमा आइतवार आयोजित एउटा कार्यक्रममा पूर्वराजाप्रति लक्ष्य गर्दै प्रचण्डले 'पूर्वशासकहरू जनतालाई कमजोर पार्ने, उक्साउने र आफ्नो गुमेको शासन पुनर्स्थापित गर्न निरन्तर अभ्यासमा लागेका' भनेका थिए।

यो Facebook पोस्ट छोड्नुहोस्

सामग्री उपलब्ध छैन

थप Facebook मा हेर्नुहोस्अन्य वेबसाइटका सामग्रीहरूका लागि बीबीसी जिम्मेवार छैन।

Facebook पोस्ट समाप्त

बीबीसी नेपाली सेवाले सामाजिक सञ्जालमा के पूर्वराजा ज्ञानेन्द्र कम्युनिस्ट सरकारका लागि खतरा बन्न सक्छन् भनेर नेपाली पाठकहरूको विचार सोधेको थियो।

हाम्रो प्रश्नमा आफ्नो विचार राख्ने पाठकहरूमध्ये प्रचण्डको संशय उचित छ भनेर मान्नेको सङ्ख्या न्यून छ।

सोसल मिडिया
सोसल मिडिया
सोसल मिडिया

केही पाठक लोकतन्त्र स्थापना गर्न नागरिकहरूले भूमिका खेलेको सम्झना गर्दै नेपाली नागरिकले राजतन्त्र फिर्ता हुन नदिने विश्वासमा छन् ।

सोसल मिडिया
सोसल मिडिया
सोसल मिडिया
Presentational white space

धेरै पाठकहरूले हालको राजनीतिक नेतृत्वका कारण नै लोकतन्त्रलाई खतरा रहेको विचार व्यक्त गरेका छन्।

सोसल मिडिया
सोसल मिडिया
सुकमाया
सोसल मिडिया
सोसल मिडिया
Presentational white space

केहीले राजतन्त्रका विषयमा जनमत सङ्ग्रह गर्नुपर्ने धारणा समेत राखेका छन्।

सोसल मिडिया
सोसल मिडिया