तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भैँसी पालेर मासिक ६ लाख आम्दानी गर्ने रामहरी घिमिरे
तीन वर्षअघिसम्म मलेसियामा कामदार रहेका ललितपुर जौबारीका युवा किसान हुन् २७ वर्षीय रामहरी घिमिरे।
उनको मासिक आम्दानी ६ लाख रुपैयाँ छ र उनी प्रतिदिन २२ हजार रुपैयाँ बराबरको दूध उत्पादन गर्छन्।
मलेसियामा कामदार रहँदा उनको कमाइ ३० हजार जति मात्र रहने गरेको उनले बताएका छन्।
सोफा बनाउने काम गर्दा खाएको गाली उनलाई सैह्य भएन र नेपालमै केही नयाँ गर्ने सोच बनाएर फर्केको उनको भनाइ छ।
घर फर्केसँगै परिवारको सहभागितामा हाल उनले ३५ गाईभैसी पालेका छन्।
ब्याङ्कको ऋण पनि चुक्ता गरेर आम्दानीबाटै काठमाण्डूमा उनले जग्गा समेत किनेको बताए।
नेपालमा वार्षिक झण्डै ९४ अर्ब रुपैयाँ बराबरको दूध उत्पादन हुने कृषि मन्त्रालयको भनाइ छ।
हेरौँ कमल परियारले बनाएको यो भिडिओ।