डायालिसिसको भरमा बाँचिरहेका राजुको कथा

राजु तुलाधरले आफू ३० वर्षको हुँदा दुवै मृगौला काम नलाग्ने भएको चाल पाए।

मृगौला प्रत्यारोपण गर्न सम्भव नभएपनि उनी निरन्तर २३ वर्षयता डायालिसिसको भरमा बाँचिरहेका छन्।

उनले उपचारका लागि घर-जग्गा र कारखाना समेत बेचे।

तर पीडादायी उपचार पद्धतिलाई जीवनको एउटा पाटो सम्झेर उनले आफ्नो परिवारको राम्रो रेखदेख गरिरहेका छन्।

एक मात्र छोरीलाई पढ्नका लगि अष्ट्रेलिया पठाएका छन्।

धेरैका लागि उनी प्रेरणा र प्रोत्साहनका पात्र समेत बनेका छन्।

सबै सम्पत्ति बेचेर लगातार उपचार गरिरहेका ५३ वर्षीय उनी अहिले श्रीमतिसँग काठमाण्डूको ढल्कोमा बसोबास गरिरहेका छन्।

सरकारले केहि वर्षअघि नि:शुल्क डायालिसिस सुविधा ल्याएपछि केही राहत भएको उनले बताए।

उनले नि:शुल्क डायलसिसका लागि गरिएको आन्दोलनको अगुवाइ समेत गरेका बताए।

अहिले उनले आफू जस्तै बिरामीहरुका लागि बसुन्धारामा डायालिसिस केन्द्र समेत स्थापना गरेका छन्।

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि