ब्रेक्जिट सम्झौताको मस्यौदामा असहमत मन्त्रीद्वारा राजीनामा

ब्रेक्जिट मन्त्री डोमिनिक राब

तस्बिर स्रोत, Reuters

ब्रिटेनको ईयूबाट बहिर्गमन अर्थात् ब्रेक्जिट मामिला हेर्ने मन्त्री डोमिनिक राबले ब्रिटेनले तयार पारेको ब्रेक्जिट सम्झौताको मस्यौदालाई आफूले समर्थन गर्न नसक्ने बताउँदै पदबाट राजीनामा दिएका छन्।

त्यसअघि बुधवार साँझ प्रधानमन्त्री टरिजा मेले ब्रेक्जिट सम्झौताको मस्यौदालाई आफ्नो मन्त्रिपरिषद्ले समर्थन गरेको बताएकी थिइन्। तर कैयौँ मन्त्रीहरूले त्यो मस्यौदाप्रति असहमति जनाएको बुझिएको छ।

ब्रिटेनको राजनीतिमा बढ्दो असन्तुष्टिमाझ कतिपय कन्जर्भेटिभ सांसदहरूले मेविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सुझाव दिइरहेका विवरणहरू सार्वजनिक भएका छन्।

डेभिड डेभिसले राजीनामा दिएपछि राब ब्रेक्जिटमन्त्री नियुक्त भएका थिए।

दबा

तर उनी अहिलेको ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउने वरिष्ठ मन्त्रीहरमध्ये एक भएको बताइएको छ।

बीबीसीका नर्मन स्मिथका अनुसार राबको राजीनामाले मन्त्रिपरिषद्‌का अन्य सदस्यलाई पनि राजीनामा दिने दबाव पर्न सक्छ। यदि त्यसो भएमा मेको मन्त्रिपरिषद् टुक्रिन सक्ने खतरा बढ्न सक्छ।

बिहीवार मेले तयार पारेको सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै शैलेश वाराले उत्तरी आयर्ल्यान्डको राज्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

उनले त्यो सम्झौताले "ब्रिटेनलाई आधा बाटोमा छोड्ने र सार्वभौम राष्ट्र बन्न बाट रोक्ने" टिप्पणी गरेका थिए।