दशैँ आयो: "जङ्गलका राजा" राउटेको सिंहदरबार यात्रा

घुमन्ते जाति मानिने 'राउटे' समुदायका सदस्यहरू दशैँको मुखमा केही मन्त्री र प्रधानमन्त्री भेट्न भनेर सिंहदरबार पुगे।

उनीहरु दशैँ खर्च जुटाउन काठमाण्डू आएका हुन्।

पश्चिम नेपालका केही पहाडी जिल्लामा बस्ने उक्त लोपोन्मुख घुमन्ते राउटेको जनसङ्ख्या १५० जति मात्रै छ।

सरकारले सामाजिक सुरक्षाभत्ता दिँदै आएपनि त्यसले आफ्नो आवश्यकता नपुग्ने उनीहरूको गुनासो छ।

सरकारले दिएको परिचयपत्रका कारण बाँदर मार्न नसकेको उनीहरूको दाबी छ।

पहिले पहिले जस्तो उनीहरूले यसपाली ठेकी र मदानी पनि कोसेलीको रूपमा ल्याउन सकेनन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।