तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
क्यान्सरको सफल उपचार गरेकी महिला भन्छिन्, 'समयमै पत्ता लागे निको हुन्छ’
नेपालमा क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन्। महिलामा चाहिँ स्तन र पाठेघरको क्यान्सर विकराल हुँदै गएको देखिन्छ।
काठमाण्डूकी ४२ वर्षीया रेजिना मुल्मी केसीलाई झन्डै १० वर्षअघि स्तन क्यान्सर भएको पत्ता लाग्यो। शल्यक्रिया गरेर उनले आफ्नो उपचार गराइन्।
रोग लाग्नुको कारण जेसुकै भएपनि समयै यसको निदान गर्न सके उपचार सम्भव भएको अनुभव उनी सुनाउँछिन्।
उनी भन्छिन्, “क्यान्सर पनि अन्य रोगजस्तै हो। सकारात्मक सोच र दृढ मनोबलका साथ उपचार गर्नुपर्छ, यो निको हुन्छ।”
कतिपयमा वंशाणुगत र अन्य केहीलाई चाहिँ जीवनशैलीका कारण क्यान्सर रोग लाग्ने गरेको बताइन्छ।
सुन्नुहोस् उनीसँग गरिएको कुराकानी।