राष्ट्रसङ्घ: प्रधानमन्त्री ओलीले के भने महासभामा

ओली र गुटेरेज

तस्बिर स्रोत, MOFA

पढ्ने समय: १ मिनेट

प्रधानमन्त्री केपी ओलीले न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभालाई सम्बोधन गर्दै नेपालले स्वच्छ तथा निष्पक्ष निर्वाचनका माध्यमबाट निर्वाचित निकायहरूमा ४१ प्रतिशत महिलालाई स्थापित गरेको बताएका छन्।

बाँकी नौ प्रतिशत स्थान महिलाका निम्ति हासिल गर्न प्रतिबद्ध रहेको पनि उनले बताए।

चिन्ता

महासभामा बोल्दै उनले विश्व अर्थतन्त्रले गजब गरिरहेको भए पनि अतिकम विकसित मुलुकहरूमा विकासको अवस्था दयनीय भएको बताए।

ती मुलुकका निम्ति विगतमा वाचा गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धता अपेक्षानुरूप कार्यान्वयन नभएको उनले गुनासो गरे।

उनले नेपालजस्ता देशले आफ्नो दोषविना पनि जलवायु परिवर्तनले निम्त्याएका खतराहरू खेप्न बाध्य हुनु परेको बताएका थिए।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेजसँग पनि द्विपक्षीय भेटवार्ता गरेका छन्।

सार्क अनौपचारिक बैठक

यसअघि महासभा बैठकको छेको पारेर दक्षिण एशियाली देशका विदेशमन्त्रीहरूले पनि एक सामूहिक अनौपचारिक बैठक गरे।

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठकको अध्यक्षता गरेका थिए।

सार्क मन्त्रिपरिषद्

तस्बिर स्रोत, MOFA

भारतकी विदेशमन्त्री सुष्मा स्वराज पनि सो बैठकमा उपस्थित थिइन्।

पाकिस्तानसँगको तिक्ततापूर्ण सम्बन्धका कारण केही समययता भारत दक्षिण एशियाली देशहरूको सङ्गठन सार्कका बैठकप्रति उदासीन रहँदै आएको थियो।