बर्दियाका जङ्गलमा बाघ यसरी घुम्छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, बर्दियाका जङ्गलमा बाघ यसरी घुम्छन्

लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेको पाटेबाघ नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज र आसपासका जङ्गलमा पाइन्छन्।

चार वर्षअघि गरिएको गणनामा नेपालमा झन्डै दुई सयवटा बाघ भेटिएका थिए। तर नयाँ गणनाको तथ्याङ्क भने सार्वजनिक गरिएको छैन।

प्राकृतिक वासस्थानको विनाश र चोरीसिकारका कारण 'प्यान्थेरा टाइग्रिस टाइग्रिस' प्रजातिको यो दुर्लभ जीव सङ्कटमा परेको छ।

संरक्षण र चोरीसिकार नियन्त्रणका विभिन्न योजनामार्फत् नेपालले पनि सन् २०२२ सम्म बाघको सङ्ख्या बढाउने लक्ष्य राखेको छ।

हेर्नुहोस् बर्दिया राष्ट्रिय निकुञ्जमा स्वचालित 'क्यामरा ट्र्याप'ले खिचेका दृष्यहरू।

भिडिओ सौजन्य: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा विश्व वन्यजन्तु कोष, नेपाल