वाईफाईको प्रयोगबाट बम पत्ता लगाउन सकिन्छ

तस्बिर स्रोत, Getty Images
वाईफाईको प्रयोग गरेर सार्वजनिक स्थलमा हतियार वा विस्फोटक पदार्थ पत्ता लगाउन सकिने अमेरिकी अनुसन्धानकर्ताहरूले बताएका छन्।
ती अनुसन्धानकर्ताहरूका अनुसार वाईफाई सार्वजनिक स्थलमा हतियार तथा विस्फोटक पदार्थ पत्ता लगाउने सस्तो प्रविधिको रूपमा विकसित हुनसक्छ।
रट्गर्ज विश्वविद्यालयको नेतृत्वमा गरिएको एउटा अध्ययनले वायरेस अर्थात् विनातार प्रसार हुने सङ्केतहरूले झोलाभित्र रहेका वस्तुबारे जानकारी दिनसक्छन्।

तस्बिर स्रोत, Getty Images
त्यसबाट खतरनाक धातु तथा तरल पदार्थ वा विस्फोटक रसायनको परिमाणबारे जानकारी पाउन सकिन्छ।
अनुसन्धानकर्ताहरूले एन्टिनासहितको वाईफाई उपकरणको प्रयोग गर्दा ९० प्रतिशतसम्म त्यस्ता जानकारी सही रूपमा पाएका थिए।
उनीहरूका अनुसार यो प्रविधिको प्रयोग गर्दा सुरक्षा जाँचमा लाग्ने खर्च कम हुने र व्यक्तिगत निजत्वको न्यूनतम उल्लङ्घन हुने गरी काम गर्न सकिन्छ।




