घोषणासभामा ओली र प्रचण्डका उल्लेख्य पाँच बोली

एमाले-माओवादी एकीकरण

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, अध्यक्षद्वय केपी ओली र पु्ष्पकमल दाहाल 'प्रचण्ड'ले घरेलु तथा बाह्य शक्तिहरूलाई आश्वस्त पार्ने प्रयत्न गरेका थिए

एमाले र माओवादी केन्द्र औपचारिक रूपमा मिलेर एकीकृत पार्टी बनेपछि उक्त दलका शीर्ष नेताहरूले एकतासँगै मुलुकमा नयाँ युगको थालनी भएको टिप्पणी गरेका छन्।

अध्यक्षद्वय केपी ओली र पु्ष्पकमल दाहाल 'प्रचण्ड'ले एकता कसैप्रति लक्षित नरहेको भन्दै घरेलु तथा बाह्य शक्तिहरूलाई आश्वस्त पार्ने प्रयत्न गरेका थिए।

बिहीवार राजधानीमा आयोजित एकता घोषणासभामा झलनाथ खनालबाहेक दुवै पक्षका शीर्षस्थ नेताहरू र कार्यकर्ताहरू उपस्थित थिए।

पार्टीको नयाँ मर्यादाक्रममा अध्यक्षद्य ओली र दाहालपछि माधवकुमार नेपालसँगै वरिष्ठ नेताका रूपमा राखिएका खनाल चीनको भ्रमणमा गएकाले उपस्थित हुननसकेको एक नेताले जानकारी दिएका छन्।

ओलीले के भने?

  • अब दुईतिहाइ कम्युनिस्टका लागि जोडघटाउ हो, आउँदो चुनावमा तीनचौथाइको लक्ष्य
  • एकीकृत पार्टी टेम्पो चलाएजस्तो होइन, जेट चलाएजस्तो हो र त्यहाँ दुई पाइलट हुन्छन्
  • हामी मिसिएकामात्रै होइन अन्तर्घुलित भएका हौँ
  • कम्युनिस्ट फुट अब इतिहासमा सीमित
  • कांग्रेस वैधानिक रूपमा प्रतिपक्ष रहोस् तर उसले सरकारलाई गुण र दोषका आधारमा सहयोग गरोस्
ओली र प्रचण्ड

तस्बिर स्रोत, RSS

प्रचण्डले के भने?

  • एकता कसैविरुद्ध लक्षित छैन, जनआकाङ्क्षा सम्बोधन गर्ने इमान्दार प्रयास
  • अस्थिरताको भुमरीको युग सकियो, नयाँ युग सुरु भयो
  • कम्युनिस्टहरू पनि स्लखन, त्यो बदल्ने संकल्प गरौँ
  • अब छुट्याउनै नमिल्ने यौगिक बन्यौँ
  • एकता महान छलाङ हो

यो पनि पढ्नुहोस्