म महिला हुँ त के भो: धिमे बजाएर ख्याति

म महिला हुँ त के भो?

पहिला महिलाहरू नेपथ्यमा मात्रै सीमित थिए। साङ्गीतिक र नाट्य कार्यक्रम हुँदा सबैतिर पुरुष मात्रै देखिन्थे। महिलाले नाच्नु, गाउनु वा बजाउनु भनेको सामाजिक मर्यादा विपरीत मानिन्थ्यो।

तर अहिले पुरुषको वर्चस्व रहेको परम्परागत वाद्यवादनको क्षेत्रमा महिलाहरू पनि देखिन थालेका छन्।

झन्डै २० वर्षअघि ‍भक्तपुरकी इन्दिरा लाछिमस्यूले सङ्कुचित सामाजिक मान्यतालाई चुनौती दिँदै नेवार समुदायमा विशेष अवसरमा बजाइने धिमे बजाउन थालिन्।

पुरुषले मात्र बजाउने गरेको धिमे जस्ता बाजा अहिले महिलाले पनि बजाउन थालेका छन्।

त्यही बाजा बजाउने सीपका कारण लछिमस्यूले देशविदेशमा ख्याति कमाएकी छन्।

आफूले सुरुसुरुमा केही आलोचना खप्नु परे पनि पछि प्रशंसा पाएको उनको अनुभव छ।

आजभोलि विभिन्न जात्रा, पर्व र मेलामा महिलाहरूले विभिन्न किसिमका बाजा बजाएको देख्दा आफूलाई खुसी लागेको उनी बताउँछिन्।

'आधुनिकताको रापले बिस्तारै प्रभावित हुनथालेका संस्कृति र परम्परालाई जोगाउनुपर्छ अनि त्यसका लागि महिला र पुरुष दुवैको सहभागिता अनिवार्य छ' भन्ने उनको मान्यता छ।

उनी अहिले अरू महिला र नयाँ पुस्तालाई पनि धिमे बजाउन सिकाउँछिन्।

उनीसँग मतिना त्वानाबासुले गरेको कुराकानी।