तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतीय प्रम मोदीलाई 'भान्जालाई जस्तै स्वागत'
रामजानकी मन्दिर रहेको जनकपुरधामबाट आफ्नो नेपाल भ्रमण सुरु गर्न लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भान्जालाई जस्तै स्वागत गरिने मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताएका छन्।
मिथिलाका राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजा दशरथका छोरा रामसँग भएको पौराणिक मान्यता छ।
वर्तमानमा सीताको माइती मिथिलाको राजधानी जनकपुर नेपालमा छ भने अयोध्या भारतमा।
मोदी हिन्दुवादी भारतीय जनता पार्टीका नेता हुन्।
पूजापाठ
उनी वैशाख २८ गते भारतको पटनाबाट सीधै जनकपुर आउने कार्यक्रम छ।
महन्त वैष्णवका अनुसार भारतीय प्रधानमन्त्री मोदीले रामजानकी मन्दिरमा गर्ने पूजापाठबारे सल्लाह गर्न एउटा भारतीय टोली जनकपुर पुगेको थियो।
मोदी जनकपुरबाट अर्को तीर्थस्थल मुक्तिनाथ जाने कार्यक्रम छ।
उनको यो भ्रमण राजनीतिक नभएर धार्मिक भएको जानकारी गृहमन्त्री रामबहादुर थापाले दिएका छन्।
मोदीको मन्दिर भ्रमणबारे बीबीसी सम्वाददाता वृजकुमार यादवले महन्त वैष्णवसँग गरेको कुराकानी।