तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एमाले-माओवादी एकता: 'माधव नेपाल खलनायक हुन सक्दैन'
माओवादी नेताहरू एकता महाधिवेशनपछि केपी ओली र प्रचण्डमध्ये एकजना प्रधानमन्त्री र एकजना पार्टी अध्यक्ष बन्ने सहमति रहेको बताउने गरेका छन्।
तर एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पार्टीको भावी नेतृत्व सुम्पिने सुनिश्चितता अहिले नै गर्न नहुने पक्षमा देखिएपछि एकता प्रक्रिया अलमलमा परेको कतिपयको ठम्याइ पाइन्छ।
हाम्रा साथी शरद केसीले नेता नेपाललाई सम्पर्क गरी “अन्तिम चरणमा पुगेको भनिएको पार्टी एकता प्रक्रियामा तपाईँले खलनायकको भूमिका खेलेको भन्ने आरोप छ नि?” भनी सोधेका थिए।
"यो त कुन चाहिँ खुराफातीले भनेको कुरा हो। माधव नेपाल एकताको पक्षपाती हो। माधव नेपाल खलनायक हुन सक्दैन ...। माधव नेपाल त नेता मान्छे हो, नायक मान्छे हो। "
सुन्नुहोस् उनीसँगको कुराकानीको सम्पादित अंश
(फोटो: नेता नेपालको फेसबुक पृष्ठबाट)