सिरिया आक्रमण: हालसम्मको घटनाक्रम

तस्बिर स्रोत, AFP
- अमेरिका, संयुक्त अधिराज्य र फ्रान्सले सिरियामा संयुक्त रूपमा हवाई र क्षेप्यास्त्र आक्रमण गरेका छन्। यो कारबाही गत शनिवार सिरियाली सरकारले रासायनिक अस्त्र प्रयोग गरी गरेको भनिएको आक्रमणको प्रत्युत्तर भएको बताइएको छ।
- अमेरिकी राष्ट्रपति ट्रम्पले साझेदार राष्ट्रहरूले "बर्बरता र क्रूरताविरुद्ध उचित शक्ति प्रयोग" गरेको टिप्पणी गरेका छन्।
- अमेरिकाका अनुसार दमास्कसमा रहेको एउटा अनुसन्धान केन्द्र र होम्सनजिकै रहेका दुई भण्डारण केन्द्र गरी तीन स्थानलाई लक्ष्य गरेर आक्रमण गरिएको थियो।
- रुसले अरू स्थानलाई पनि लक्षित गरी क्षेप्यास्त्र प्रहार भएका भए पनि अधिकांश क्षेप्यास्त्रहरू सिरियाली हवाई प्रतिरक्षा प्रणालीले छेकिदिएको बताएको छ।
- भ्लादिमिर पुटिनले हवाई आक्रमणलाई "हस्तक्षेपकारी कार्य" भन्दै तत्कालै संयुक्त राष्ट्रसङ्घको बैठक बोलाउनु पर्ने माग गरेका छन्।

तस्बिर स्रोत, Getty Images
- सिरियाको सरकारी सञ्चारमाध्यमले हवाई आक्रमण "अन्तर्राष्ट्रिय कानुनको जघन्य उल्लङघन" भएको बताएको छ।
- ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले हवाई आक्रमण "उचित र वैधानिक" भन्दै दाबी गर्दै त्यसो गर्नुको विकल्प नभएको बताएकी छन्।
- मेले सिरियाको डुमामा भएको भनिएको रासायनिक आक्रमणलाई ब्रिटेनको सोल्जबरीमा रुसका पूर्वगुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी छोरीमाथि स्नायुप्रणालीलाई असर पार्ने रसायन प्रयोग गरी भएको आक्रमणसँग जोड्दै भनिन् - "तिनले (आक्रमणहरूले) रासायनिक अस्त्र (प्रयोगको) मापदण्डप्रति अनादर देखाएका छन्।"

- सिरियाका राष्ट्रिपति बशर अल असदले यो आक्रमणपछि सिरिया र सिरियाली जनताहरू आतङ्कवादलाई निमिट्यान्न पार्न पहिलाको भन्दा झन् प्रतिबद्ध भएका प्रतिक्रिया दिएका छन्। उनले पश्चिमी देशहरूले आफ्नो देशमा आतङ्कवादलाई सघाएको आरोप लगाएका छन्।
- असादसँग गरिएको टेलिफोन कुराकानीमा इरानका राष्ट्रपति हसन रूहानीले सिरियालाई सहयोग दिइराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
- अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियामा गरिएको सैन्य कारबाही 'परिपक्व ढङ्गमा गरिएको' र 'उद्देश्य पूरा भएको' जनाएका छन्।स्थानीय समयअनुसार बिहानै ट्वीट गर्दै उनले फ्रान्स र संयुक्त अधिराज्यलाई उनीहरूको "विवेक र कुशल सैनिक शक्ति' का लागि धन्यवाद दिएका छन्।
यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?
चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छयो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त








