तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गोरिल्लाको बच्चाको दुर्लभ दृश्य
कङ्गोको पश्चिमी तल्लो भूभागमा बस्ने गोरिल्लाको यो बच्चा नुआबालन्डोकी राष्ट्रिय निकुञ्जमा देखिएको हो।
मिकोम नाम गरेकी गोरिल्लाले एक हप्ताअगाडि उसलाई पाएकी हो।
उनीहरू चार वर्ष जतिमा प्राय: एउटा बच्चा जन्माउँछन्। होचो भूभागमा बस्ने गोरिल्लाहरू सङ्कटापन्न छन्।
सिकार गर्ने ठूला जनावर, अवैध सिकारी, रोगव्याधि र वासस्थानको नाश भएका कारण उनीहरू सङ्कटमा परेका हुन्। उनीहरू एक लाख जतिको सङ्ख्यामा बाँकी भएको अनुमान छ।