तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'दुर्घटनाका सम्भावित कारण: चालकको गल्ती र मौसम'
सोमवार दिउसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस-बांग्ला एयरलाइन्सको विमान 'खराब मौसम र चालकको गल्ती'का कारण दुर्घटनामा परेको जस्तो देखिएको एक जना पूर्व वरिष्ठ पाइलट वाईके भट्टराईले बताएका छन्।
थप अनुसन्धानबाट खुल्ने भन्दै उनले प्रारम्भिक विवरणका आधारमा आफू त्यस्तो निचोडमा पुगेको धारणा राखे।
धावनमार्गको दक्षिणबाट सामान्यत: अवतरण गर्नुपर्ने भएपनि दुर्घटनाग्रस्त विमानका चालकले उत्तरबाट गराउन खोजेको उनको भनाइ थियो।
नेपाल एयरलाइन्समा ३७ वर्ष लामो अनुभव सँगालेर सेवा निवृत्त भट्टराईले भने, "उत्तरबाट अवतरण गराउन अभ्यस्त चालकले मात्रै सफलतापूर्वक अवतरण गराउन सक्छन्। तर दुर्घटनाग्रस्त विमानका चालक त्यसमा अभ्यस्त जस्तो देखिएनन्।"