हतियार दौडमा रुस

राष्ट्रलाई गरेको सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले भिडिओहरु प्रस्तुत गर्दै विश्वको जुनसुकै भागमा पुग्न सक्ने क्षमता भएको एक क्षेप्यास्त्र सहितका विभिन्न प्रकारका नयाँ अस्त्रहरु प्रदर्शन गरेका थिए।

यूरोप र एसियामा अमेरिकी प्रतिरक्षा प्रणालीले सो क्षेप्यास्त्रलाई रोक्न नसक्ने पनि उनले बताए।

उनले रुसले पनडुब्बीबाट प्रहार गर्न सकिने परमाणु अस्त्रयुक्त ड्रोनको पनि परिक्षण गरिरहेको बताए।

यही मार्च १८ मा हुनगैरहेको चुनावमा पुटिन चौथौ पटक राष्ट्रपतिमा चुनिने ठानिएको छ।

राष्ट्रपति पुटिनले आफ्नो मुलुकले नयाँ आणविक हातहतियारहरु विकास गरिरहेको बताए पछि फेरि संयुक्त राज्य अमेरिकासंग नयाँ हतियार दौड शुरु हुनसक्ने चिन्ताहरु व्यक्त गरिएका छन्।

बीबीसी रिपोर्ट ‌(भिडिओ)