तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकाको अन्तरिक्ष अभियान
संयुक्त राज्य अमेरिकाले सन् १९६९ मा पहिलोपटक आफ्ना अन्तरिक्षयात्रीलाई चन्द्रमाको सतहमा उतारेको थियो।
राष्ट्रपति ट्रम्पले अमेरिकी अन्तरिक्ष संस्था (नासा) लाई फेरि चन्द्रमामा मानवसहितको यान पठाउने तर्फ काम गर्न भनेका छन्।
तर त्यस्तो अभियान कहिले शुरु हुनेछ र त्यसमा कति खर्च लाग्नेछ भन्ने खुलाइएको छैन।
नासाले मंगलग्रहमा एउटा मानवरहित यान पठाएको छ र त्यहाँ आउँदो तीन वर्षमा अर्को यान पठाउने बताएको छ।
राष्ट्रपति ट्रम्पको घोषणाको वैज्ञानिकहरुले स्वागत गरेका छन्।
तर अमेरिकाले त्यसकालागि लाग्ने करोडौ डलरबराबरको खर्च थेग्न सक्छ कि सक्दैन भन्ने प्रश्नहरु पनि उठेका छन्।
बीबीसी रिपोर्ट (भिडिओ)
(ऐतिहासिक फुटेज स्रोत: नासा)