तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जेरुसेलम विवाद
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसलेमलाई इजरेलको राजधानीको मान्यता दिएपछि प्यालेस्टिनी इस्लामवादी आन्दोलनको अगुवाइ गरिरहेको हमासले नयाँ आन्दोलनको घोषणा गरेको छ।
ट्रम्पको कदमपछि वेस्ट ब्याङ्क र गाजा स्ट्रिप दुवैपट्टी रहेका प्यालेस्टिनीहरु बिहीबार विरोध प्रदर्शनमा सहभागी भएका छन्।
अमेरिकाको दशकौं पुरानो नीतिलाई उल्ट्याउँदै राष्ट्रपति डोनल्ड ट्रम्पले विवादित जेरुसलेम शहरलाई इजरेलको राजधानीको रुपमा मान्यता दिएका हुन्।
अरब देशहरुले उक्त कदमले मुसलमान विश्वमा हिंसालाई बढावा दिनसक्ने चेतावनी दिएका छन्।
जेरुसलेमलाई लिएर इजरेल र प्यालेस्टाइनबीच विवाद मात्रै छैन, दुबै देशले उक्त भूमिलाई आफ्नो राजधानी बताउने गरेका छन्।
मुसलमान, इसाई र यहुदीहरुले समेत उक्त भूमिलाई पवित्र स्थलको रुपमा मान्ने गरेका छन्।
बीबीसी रिपोर्ट (भिडिओ)