तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कश्मीर विवाद
सन् १९४७ मा भारत छाडेर जानेबेला ब्रिटिशहरुले भारतलाई भारत र पाकिस्तान दुई मुलुकमा विभाजित गरीदिए।
दुबै मुलुकसंग सीमा जोडिएको कश्मीर तटस्थ रहन चाहन्थ्यो।
तर आफ्ना मुश्लिम भाइहरुको संरक्षणका लागि भन्दै पाकिस्तानबाट पश्तुन जनजाति समुदायका मानिसहरुले कश्मीरमा हमला गरे।
त्यसपछि त्यहाँ शासन गरिरहेका हिन्दू शासक महाराजा हरि सिंहले भारतमा गाभिने निर्णय गरे।
त्यसयता कश्मीर अशान्त रहँदै आएको छ भने कतिपय मानिसहरु कश्मिरको भविष्यबारेको निर्णय गर्ने अधिकार कश्मिरीहरुलाई नै दिइनुपर्ने बताउँछन्।
गत साता कश्मीर भारतमा गाभिएको ७० वर्ष पुगेको छ।
बीबीसी रिपोर्ट (भिडिओ)