तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विषाक्त पानीलाई शुद्ध बनाउँदै
बाँग्लादेशमा सन् १९७० को दशकमा भरि करोडौं ट्युबवेलहरु जडान गरिए। तर त्यसको केही समय पछि नै आर्सनिकबाट हुने विषाक्तताको समस्या देखिन थाल्यो।
आर्सनिक न त देख्न सकिन्छ, न यसको कुनै गन्ध नै आउँछ।
यसको पहिलो संकेत छालामा देखिने दाग नै हुन् जुन विषाक्तता फैलीसकेपछि मात्रै देखिन्छ।
यो विषाक्तताले मुटु रोग तथा क्यान्सर जस्ता रोगहरु पनि लाग्न सक्छन्।
ह्युमन राइट्स वाचले बाँगलादेशमा हरेक वर्ष आर्सेनिकबाट उत्पन्न विषाक्तताका कारण झण्डै ४३,००० मानिसहरुको ज्यान जानेगरेको अनुमान गरेको छ।
यो समस्या संग जुध्न बाँग्लादेशका केही सामाजिक उद्यमीहरुले ड्रिङकवेल
नामक कम्पनी खडा गरी पानी प्रशोधन तथा वितरण शुरु गरेका छन्।
अहिले भारत र बाँगलादेशमा ३० वटा ड्रिङकवेल प्रशोधन केन्द्रहरु स्थापना गरिएको छ, जसले एक लाख मानिसहरुलाई सफा पिउने पानी उपलब्ध गराइरहेका छन्।
बीबीसी रिपोर्ट (भिडिओ)