तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सगरमाथा आरोही लाक्पा शेर्पाको योजना के छ?
संखुवासभाको मकालुमा जन्मिएकी ४४ वर्षिया लाक्पा शेर्पाले गत मे १३ तारिखको विहान सवेरै तिब्बती मोहडाबाट सगरमाथाको शिखरमा पुन: पाइला टेकिन् र आठौं पटक सगरमाथा आरोहण गर्ने महिलाको रुपमा नयाँ विश्व कीर्तिमान बनाइन्। ठिक एक वर्षअघि उनले सातौं पटक सगरमाथा आरोहण गरेकी थिइन्। तीन सन्तानकी आमा, लाक्पा अमेरिकाको कनेटिकटमा बस्छिन्। पहिलो पटक नेपाली मोहडाबाट सगरमाथा आरोहण गरेकी लाक्पाले त्यसपछिका आरोहण तिब्बती मोहडाबाट गर्दै आएकी छिन्। उनीसँग हाम्रा संवाददाता सुरेन्द्र फुयालले गरेको कुराकानीको छोटो अंश।