चीनमा भौँतारिएका जङ्गली हात्तीहरूको बथान घर फर्किन थाल्यो
चीनमा एक वर्षदेखि आफ्नो प्राकृतिक वासस्थान छोडेर गाउँसहर र खेतबारी चहारिहिँडेका १४ वटा जङ्गली हात्तीको एउटा बथान अन्ततः आफ्नो घर फर्किन लागेका छन्।
भौँतारिएका ती हात्तीले सो अवधिमा ५०० किलोमिटर यात्रा गरेका छन्।
हात्तीहरू किन त्यसरी अद्भुत यात्रामा निस्किए भन्ने कसैलाई थाहा छैन।
तर तिनलाई घर फर्किन सघाउन चीन सरकारले हजारौँ कर्मचारी परिचालित गरेको छ।
अनि यो पनि