तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'नाम पो २३ पटक कमाइसक्नुभयो, जाने बाटो त जोखिम छ'
कीर्तिमानधारी आरोही कामिरिता शेर्पाकी श्रीमती लाक्पाजाङ्मु शेर्पा आफ्नो श्रीमान्लाई भेट्न आतुर छन्।
कामिरिता शेर्पाले भने अर्को हप्ता फेरि २४ औँ पटक सगरमाथा चढ्ने बताएका छन्।
आरोहण जारी रहँदा आफूले घरमा श्रीमान्लाई पर्खेर बस्नुको पीडा व्याख्या गर्न नसक्ने उनी बताउँछिन्।
'राति चाहिँ राम्रोसँग सुत्न सक्दिनँ आरोहण गर्ने दिनमा, त्यसैले बुधबार बिहानै ३ बजे उठेँ अनि भगवान्लाई पूजा आराधना गरेँ, पानी चढाएँ र धूप बालेँ।'
अहिलेसम्म २८० जनाभन्दा बढीको ज्यान लिइसकेको सगरमाथा चढ्न जाने शेर्पाहरूको परिवारमा भने उनीहरू नफर्के सम्म त्रास रहन्छ।
कुनै बेला श्रीमान्ले देशको नाम राख्नुभयो भनेर खुसी लाग्छ, कुनैबेला ज्यान नै जाला भन्ने डर हुने भन्दै श्रीमान्को आगामी दिनमा पनि सगरमाथा चढ्ने इच्छालाई हौसला दिने उनको योजना छ।
हेर्नुस् काठमाण्डूको कपनमा बस्दै आएका उनीहरूको घरमा पुगी श्रीमती लाक्पाजाङ्मुसँग कुराकानी गरेर सृजना श्रेठले तयार परेको यो भिडिओ।
अनि यो पनि