तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

अमेरिकी संसद्‌मा सुरक्षा व्यवस्था कडा

अमेरिकामा एक मिलिसिया समूहले संसद् भवनमा घुसपैठ गर्न योजना बनाएको भन्ने गुप्तचरी सूचनाका आधारमा संसद्को बैठक स्थगित गरिएको छ।

लाइभ कभरेज

  1. ९९ वर्षका ड्यूक अफ एडिनबराको मुटुको सफल शल्यक्रिया

    ब्रिटेनकी महारानी एलिजाबेथका पति ड्यूक अफ एडिनबराको मुटुको सफल शल्यक्रिया सम्पन्न भएको बकिङ्घम राजदरबारले जनाएको छ।

    राजदरबारका अनुसार ड्यूक सन्चो हुन अनि उपचार र आरामकालागि अझै केही दिन अस्पतालमा नै बस्नेछन्। ९९ वर्षका राजकुमार फिलिपले यसअघि नै १६ रात अस्पतालमा बिताइसकेका छन्।

    आउँदो जुन महिनामा १०० वर्षका हुने ड्यूकलाई बिसन्चो भएपछि गत फेब्रुअरी १६ तारिखमा उनलाई मध्य लण्डनको मार्लबोनस्थित किङ् एडवर्ड सप्तम अस्पताल भर्ना गरिएको थियो। उनी विन्डसरस्थित निवासबाट कार चढेर नै अस्पताल गएका थिए। उनलाई सुरुमा अस्पताल भर्ना गरिनुको खास कारण सार्वजनिक गरिएको छैन तर त्यो कोरोनाभाइरससँग भने सम्बन्धित नभएको बताइएको छ।

    ड्यूकले सन् २०१७ मा सक्रिय राजकीय जिम्मेवारीहरूबाट अवकाश लिएका थिए।

  2. अमेरिकी प्रहरीद्वारा संसद् भवनमा ‘सम्भावित घुसपैठको षडयन्त्र'को चेतावनी

    अमेरिकी संसद् भवनमा ‘सम्भावित घुसपैठको षडयन्त्र” भएको भन्दै सुरक्षा व्यवस्था कडा गरिएको छ।

    उक्त कदम नाम नखुलेको मिलिसिया समूहले इतिहासमा अमेरिकी राष्ट्रपतिको शपथग्रहण हुने दिन अर्थात मार्च ४ मा हमला गर्ने योजना बनाएको गुप्तचरी सूचनाका आधारमा चालिएको बताइन्छ।

    हाउस अफ रिप्रिजेन्टेटिभ्सको बिहीवारको सत्र स्थगित गरिएको छ तर सिनेटको कार्यसूची भने जारी रहनेछ।

    पछिल्लो धम्की अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थनमा रहेको भीडले संसद भवनमा घातक हमला गरेको दुई महिनापछि आएको हो।

    ट्रम्पका समर्थकहरूले सांसदहरूले जो बाइडन राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गरिरहेको बेलामा गएको ज्यानुअरीमा संसद भवनभित्र आक्रमण गरेका थिए। ट्रम्पले अझै पनि चुनावमा आफू पराजित भएको स्वीकार गरेका छैनन्।

    अमेरिकी संसद् भवनका प्रहरीका अनुसार गुप्तचर निकायले बिहीवार ट्रम्प पुन: राष्ट्रपतिमा पुनर्स्थापित हुने अपेक्षा सहित मिलिसिया समूहले घुसपैठ गर्नसक्ने षडयन्त्र गरेको गुप्तचरी जानकारी आफूले पाएको बताएको छ।

  3. 'दलले नभइ दुई तिहाइको सरकारले गरेको सहमति', सरकार-चन्द समूह वार्ता

    प्रधानमन्त्रीकेपीशर्माओलीकापरराष्ट्रमामिलासल्लाहकारतथासरकारीवार्ताटोलीकाएकसदस्यराजनभट्टराईलेनेत्रविक्रम चन्द नेतृत्वको समूहसँग सरकारले गरेको सहमतिलाई ‘राजनीतिकस्वार्थसँगहेर्नुभनेकोमननपरेकामानिसलेगर्नेटिप्पणी' भएकोबताएका छन्।

    "एउटाद्वन्द्वमारहेकोशक्तिलेशान्तिपूर्णप्रक्रियामाआउँछुभनेरसहमतिगरेरअगाडिबढ्दाप्रश्नकिनउठ्छ?," भट्टराईलेभने।

    "योकुनैपार्टीलेगरेकोहोइन।दुईतिहाइकोप्रतिनिधित्वगरिरहेकोप्रधानमन्त्रीलेगरेकोसहमतिहो।"

    तर राजनीतिशास्त्री कृष्ण खनालले बीबीसीसँग कुरा गर्दै सहमति सरकारकालागिनभइप्रतिबन्धलगाइएकोचन्दसमूहकालागिउपलब्धिभएकोबताएका छन्। यसबारेको विश्लेषणात्मक रिपोर्ट यहाँ पढ्नुहोस्

  4. भारतमा प्रधानन्यायाधीशको राजीनामा माग, बलात्कारको मुद्दामा उनले गरेको टिप्पणीको चर्को विरोध

    बलात्कारको मुद्दामा गरेको टिप्पणीलाई लिएर तत्कालै राजीनामा गर्न भारतका प्रधानन्यायाधीशसँग माग गरिएको छ।

    प्रधानन्यायाधीश शरद बोबडेलाई खुला पत्र लेख्दै ५ हजार भन्दा बढी महिलावादी, अधिकारवादीहरू र नागरिकहरूले आफूहरू आक्रोशित भएको भन्दै तत्कालै अभिव्यक्ति फिर्ता लिएर माफी माग्न भनेका हुन्।

    तीन सदस्यीय बेञ्चको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश बोबडेले एक जना किशोरीलाई बलात्कार गरेको आरोप लागेका २३ वर्षीय पुरुषलाई उनीसँग विवाह गर्न तिमी तयार छौ? भनेर सोधेका थिए।

    उनले भनेका थिए, “यदि तिमी विवाह गर्न चाहन्छ्यौ भने हामी तिमीलाई मद्दत गर्न सक्छौँ। यदि चाहन्नौ भने तिमीले जागिर गुमाउँछ्यौ र जेल जानेछ्यौ।”

    उनको टिप्पणीले धेरैलाई स्तब्ध बनाइदिएको थियो किनभने सन् २०१४-१५ मा बलात्कारको शिकार भएकी त्यसबेला १६ वर्षकी किशोरीले आफू एक जना टाढाको नातेदारबाट पीडित भएको आरोप लगाएकी थिइन्।

    विद्यालय जाने उमेरकी ती बालिकालाई दुर्व्यवहार गरेको,पटक पटक बलात्कार गरेको, आगो लगाइदिने वा एसिड छर्किदिने धम्की दिएको अनि उनका दाजुलाई मारिदिने चेतावनी दिएको आरोप उक्त पुरुषमाथि लगाइएको छ।

    अभियानकर्ताहरूले प्रधानन्यायाधीश बोबडेको टिप्पणी एकदमै समस्याकारी भएको र त्यसले बलात्कार जस्तो जघन्य अपराधलाई वैधानिकता दिने चेतावनी दिएका छन्।

    आफूमाथिको आलोचनाको बोबडेले कुनै प्रतिक्रिया जनाएका छैनन्।

  5. सरकार र नेत्र विक्रम चन्द नेतृत्वको दलबीच सहमति

    वार्तारत नेपाल सरकार र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको जनाइएको छ।

    दुवै वार्ता टोलीका प्रमुखहरू गृहमन्त्री रामबहादुर थापा र खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका प्रेस नोटमा जनाइए अनुसार उक्त सहमतिको विस्तृत विवरण भोलि शुक्रवार एक समारोहमार्फत गरिने भएको छ।

    तर सहमतिमा नेत्र विक्रम चन्द नेतृत्वको दलले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधानका लागि संवादको बाटो अपनाउने, राजनीतिक गतिविधिहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने उल्लेख भएको बताइएको छ।

    त्यस्तै सरकारले उक्त दलमाथि लगाएको प्रतिबन्ध हटाउने साथै थुनामा रहेका उक्त दलका नेता कार्यकर्ताहरूलाई मुक्त गर्ने र ती विरुद्धका मुद्दाहरू खारेज गर्ने लगायतका विषयहरू रहेको पनि प्रेस नोटमा उल्लेख छ।

  6. नमस्कार। लाइभ पेजमा स्वागत छ।

    आज फागुन २० गते बिहीवारका दिनभरिका समाचार र अन्य सामग्रीहरू अपडेट हुने लाइभ पेजमा तपाईँलाई स्वागत छ।

    यो पेज दिनभरि अद्यावधिक गरिने छ।

    अहिलेसम्मका प्रमुख समाचारहरू यसप्रकार छन्:

    • म्यान्मारमा सैनिक कूविरुद्धका प्रदर्शनहरूमा सुरक्षा फौजले गोली चलाउँदा बुधवार कम्तीमा ३८ जना मारिएका छन्। संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिए यताकै 'रक्तपातपूर्ण' दिन भनेको छ। कतिपय प्रत्यक्षदर्शीहरूले बिना चेतावनी सुरक्षा फौजले गोली चलाएको बताएका छन्।
    • अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाभाइरस सङ्क्रमण विरुद्धको सङ्घर्ष जारी रहँदा अनिवार्य रूपमा मास्क लगाउनु पर्ने नियम फिर्ता लिने टेक्सस र मिशिसिपी राज्यको निर्णयको कडा आलोचना गरेका छन्। उनले अमेरिकाभरि नै कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या अहिले पनि बढिरहेको उल्लेख गर्दै दुवै राज्यका गभर्नरहरूले ठूलो गल्ती गरेको बताएका छन्। ती दुवै राज्यहरूले मङ्गलवार मास्क लगाउनुपर्ने बाध्यता अन्त्य गर्ने निर्णय लिएका थिए।
    • एउटा नयाँ अध्ययनले विश्वमा कोभिड-१९ बाट भएका झन्डै सबैजसो मृत्यु मोटोपनाको दर उच्च भएका देशहरूमा भएको देखाएको छ। ‘वर्ल्ड ओविसिटि फेडरेशन’ को अनुसन्धनले ज्यान गुमाउने २५ लाखमध्ये करिब ९० प्रतिशत आधा जनसङ्ख्यामा मोटोपना भएका देशमा भएको देखाएको छ। उक्त सङ्गठनले भनेको छ महामारीअघि मोटोपनालाई नियन्त्रण गर्न सकिएको भए दशौँ हजारलाई मृत्युबाट र खर्वौँ डलर रकम जोगाउन सकिने थियो।
    • पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद्‌मा विश्वासको मत लिने भएका छन्। अर्थमन्त्री सिनेट सदस्यको चुनावमा पराजित भएपछि उनले उक्त निर्णय लिएका हुन्। सिनेटको अप्रत्यक्ष निर्वाचन प्रधानमन्त्री खान र उनको राजीनामा मागिरहेको विपक्षी गठबन्धनबीच प्रतिष्ठाको विषय बनेको छ।