लकडाउनमा कोरिएका चित्रहरू

रिउ

जापान

रिउ

जापान

News image
News image

रग्बी मन पराउने नौ वर्षीय रिउले उक्त खेलमा रक्षा गरे जस्तै भाइरसलाई हटाएको आफ्नै चित्र बनाएका छन्।

लकडाउनको बेला उनलाई साथीहरूसँग रग्बी खेल्न नपाएको कुराले खल्लो लाग्छ।

News image

तर आफ्ना अभिभावकहरूसँग आफ्नै गतिमा खेल्न सिक्न पाउँदा रिउलाई रमाइलो लागेको छ।

"म घरभित्रै पनि रग्बी खेल्छु," उनी भन्छन्।

हेली

हङ्‌कङ

हेली

हङ्‌कङ

नौ वर्षीया हेली विज्ञानमा विश्वास गर्छिन्।

"मैले बनाएको उपकरणले पूरै विश्वका लागि धेरै औषधि बनाउन सक्छ र सबै जनाले प्रयोग गर्न सक्छन्।"

उनले यसबाट भाइरसलाई संसारबाट हटाउने आशा लिएकी छन्। "त्यसैले मैले ताराहरू भएको अन्तरिक्षको चित्र बनाएकी छु।"

News image

क्यून-ऊ

दक्षिण कोरिया

क्यून-ऊ

दक्षिण कोरिया

"मेरो चित्र कोरोनाभाइरसविरुद्धको युद्ध हो," ११ वर्षीय क्यून-ऊ भन्छन्।

News image

"बिरामी मान्छे देख्दा मलाई डर लाग्छ।"

News image

तर उनी घरमा रमाएका छन्।

"म आमासँग बोर्डगेम खेल्छु, मलाई सधैँ हेर्न मन लागेको चलचित्र हेर्छु र पुस्तक पढ्छु।"

आलेसान्द्रा

इटली

"रोम यस्तो होला भन्ने मैले कहिल्यै सोचेकी थिइनँ। सडकमा थोरै गाडी भएपछि वायुप्रदूषण कम भएको छ। अहिले धेरै शान्ति छ," १३ वर्षीया आलेसान्द्रा भन्छिन्।

शनिवार र आइतवारबाहेक प्रत्येक दिन उनको पाँच घण्टा अनलाइन कक्षा छ। प्रत्येक घण्टाको बीचमा १० मिनेट आराम गर्ने समय हुन्छ।

News image

"हाम्रो शारीरिक अभ्यासको कक्षा पनि अनलाइन छ। हामी क्यामरा खोल्छौँ र शिक्षकले सिकाए जस्तै गर्छौँ। एकचोटि लडेकाले अहिले म टेबल र मेच सारेर अभ्यास गर्छु।"

उनको चित्रमा उनको टेबल छ जुन उनी 'क्वारन्टीन जीवनको मुटु' भएको बताउँछिन्।

त्यसमा उनको मन पर्ने ह्यारी पोटरको पुस्तक छ।

News image

उनको उडिरहेको बलून र इन्द्रेणीले उनले खोजेको र आशा गरेको उज्ज्वल भविष्य देखाउँछ।

"मलाई यस्तो सोच्छु जस्तो लागेको थिएन तर म विद्यालय जान चाहन्छु।"

एकान्तवासमा हुँदा नयाँ अवसर पनि आएका छन्। कुनै रमाइला छन् तर कुनै खासै रमाइला छैनन्।

"मलाई आमासँग घरमा खाना पकाउँदा र धेरै कुरा गर्न पाउँदा रमाइलो लाग्छ," उनी भन्छिन्। "तर मैले घरको काम पनि गर्नुपर्छ।"

जीया

भारत

जीया

भारत

"मेरो चित्रबाट म हामी अहिले सरसफाइ र संरक्षणको महत्त्वको बारेमा सिकिरहेछौँ भन्ने देखाउन चाहन्छु। हामी हाम्रो प्राकृतिक स्रोतको न्यूनतम प्रयोग गर्न सिकिरहेछौँ," उनी भन्छिन्।

उनका अनुसार लकडाउनका कारण हामी प्रकृतिलाई सम्मान गर्न थालेका छौँ।

"घरमै बसेर हामी प्रकृतिलाई पुन: बढ्न ठाउँ दिइरहेका छौँ। हामी सडकका गाडीको आवाजको बदला चराहरूको गीत सुन्न सक्ने भएका छौँ।"

ओलिभिया

यूके

"हामीले एकअर्कालाई भेट्न पाएका छैनौँ। तर एकअर्काको मायाले बढी जोडिएका छौँ र हामी अरू मानिसबारे सोचिरहेका छौँ," ओलिभिया भन्छिन्।

News image

"पृथ्वीमा भएको हरिया बिन्दुले त्यो ठाउँ देखाउँछ जहाँ मलाई कोरोनाभाइरस छ जस्तो लाग्छ र त्यो संसारभरि छ। मुटुको चित्रले ती प्रत्येक देशमा माया पनि छ भन्ने देखाउँछ र समुद्रमा पनि माया छ किनभने पशुपक्षीमा पनि माया हुन्छ।"

लेखक/निर्माता: लारा ओवेन

डिजाइनर: डाभिस सूर्या

जुली युन-नाङ् ली र पद्मा मीनाक्षीको सहयोगमा 

सम्पादक: सारा बक्ली

प्रकाशित मिति: एप्रिल २२, २०२०