नेताहरूले चाहने हो भने 'बालविवाह चाँडै निर्मूल गर्न सकिन्छ'

नेताहरूले चाहने हो भने 'बालविवाह चाँडै निर्मूल गर्न सकिन्छ'

संयुक्त राष्ट्रसङ्घको एउटा प्रक्षेपणअनुसार संसारबाट बालविवाह अन्त्य गर्न अहिलेकै गतिमा काम हुँदा झन्डै ३०० वर्ष लाग्छ।

बीबीसी १०० विमिनसँगको एक विशेष अन्तर्वार्तामा मिशेल ओबामा, अमाल क्लूनी र मेलिन्डा फ्रेन्च गेट्सले बालविवाह तत्काल समाधान गर्नुपर्ने महत्त्वपूर्ण विषय भएको बताएका छन्। ओबामा र क्लूनी बीबीसीले सार्वजनिक गरेको १०० महिलाको सूचीमा परेका छन्।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभरि प्रत्येक वर्ष १८ वर्षमुनिका झन्डै १.२ करोड बालिकाहरूलाई विवाह गर्न बाध्य पारिन्छ। सब-सहारा अफ्रिका, नेपालसहित दक्षिण एशिया र ल्याटिन अमेरिका बालविवाह बढी हुने क्षेत्रमा पर्छन्।

विश्वका नेताहरूले प्राथमिकता दिने हो भने एक पुस्ताकै अवधिमा बालविवाह अन्त्य गर्न सकिने उनीहरूको भनाइ छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।